प्रतिनिधिसभाको बैठक आज : नीति तथा कार्यक्रममाथि छलफल हुने | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक आज : नीति तथा कार्यक्रममाथि छलफल हुने


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि आज (आइतबार)बाट छलफल हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सरकारका तर्फबाट संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।

बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईसहितले बोल्ने तयारी छ । नीति तथा कार्यक्रम आगामी मंगलबार पारित गर्ने सरकारको तयारी छ ।

नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गरेको भाषालाई लिएर विवाद भएको छ । सत्तारुढ दलभित्रैका सांसदहरुले पनि त्यसको कडा आलोचना गरेका छन् ।

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेको विषय सर्वत्र आलोचना भएको छ । यसको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन भएको बताएका थिए । उनले नीति तथा कार्यक्रमको बचाउ गर्न नेकपाका सांसदहरुलाई निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ९ : ०७ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो