बलात्कारका आरोपी नेपाली अमेरिकामा पक्राउ, अष्ट्रेलियालाई सुपुर्दगी « Khabarhub

बलात्कारका आरोपी नेपाली अमेरिकामा पक्राउ, अष्ट्रेलियालाई सुपुर्दगी


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी-अष्ट्रेलियामा बलात्कार गरी अमेरिका भागेको आरोपमा अमेरिकामा पक्राउ परेका एक नेपालीलाई अष्ट्रेलिया सुपुर्दगी गरेको छ।  उनलाई अमेरिकाको न्यूर्योकबाट पक्राउ गरी अष्ट्रेलिया सुपुर्दगी गरिएको हो ।

सन् २०१७ को जुनमा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएका नेपाली युवाले क्लार्टनमा एक महिलालाई बलात्कार गरेको आरोप अष्ट्रेलिया प्रहरीले लगाएको छ ।

न्युयोर्कबाट पक्राउ परेका युवाले २१ बर्षकी युवतीलाई क्लार्टनस्थित अपार्टमेन्टमा बलात्कार गरी केही घण्टामै अमेरिका फर्किएको अष्ट्रेलिया प्रहरीले जनाएको छ ।

अष्ट्रेलियाली प्रहरीले संघीय पक्राउपुर्जी जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियो । उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोग लिएर लसएन्जल्स पुर्‍याई अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो ।

पक्राउ परेका उनलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छ । उनलाई विना सहमति यौन सम्पर्क गरी अभद्रता प्रकट गरेको आरोप लगाईएको छ ।

नेपाली युवाले अपराध गरेको ठहर भएका त्यहाँको प्रचलित कानून अनुसार नै कारबाही हुने नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लले बताए । उनलाई नेपाल सुपुर्दगी गर्ने भन्ने विषयमा अष्ट्रेलियास्थित नेपाली दूतावासले पहल गर्नुपर्ने मल्लको भनाई छ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ३२ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका