‘वीर विक्रम २’ मोफसलमा « Khabarhub

‘वीर विक्रम २’ मोफसलमा


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वीर विक्रम २’ को टिम प्रचारका लागि मोफसल टुरमा निस्केको छ । प्रचारका क्रममा निर्माण टिम पोखरा पुगेको छ ।

जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मको प्रचारमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायत जुटेका छन् । पोखरामा सम्पन्न कन्सर्टमा यी कलाकारका अलावा बाल गायक मनिष लिम्बुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

पोखराको चिप्लेढुंगामा सम्पन्न कन्सर्टमा पोखरेली दर्शकको बाक्लो उपस्थिति थियो । कन्सर्टमा कलाकारले फिल्म ‘वीर विक्रम २’ हेर्न दर्शकलाई आग्रह समेत गरे ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा मित्रताको कथालाई कथानक बनाइएको छ । फिल्ममा पल र नाजिर साथीका रुपमा देखिएका छन् भने वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका छ ।

रिलिजअघि चलचित्रको राम्रो चर्चा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको