अदालतमा भ्रष्टाचार : ३ लाख घुस लिँदा लिँदै नायव सुब्बा पक्राउ « Khabarhub

अदालतमा भ्रष्टाचार : ३ लाख घुस लिँदा लिँदै नायव सुब्बा पक्राउ


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलाशमा कार्यरत नायब सुब्बा (टाइपिस्ट) घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै नायव सुब्बा कृष्ण कुमार पाठकले सेवाग्राहीसँग घुस मागेका थिए ।

पाठकले घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थ्ति कार्यालयको टोलीले उनलाई घुससहित पक्राउ परेको हो ।

अख्तियारको टोलीले पाठकलाई ३ लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नासु पाठकलाई शनिबार चारबाहिनी चोकस्थित श्री लायर्स च्याम्बरबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ५७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि