नीति कार्यक्रमबारे महतोको कटाक्ष– जे मन लाग्यो त्यही लेख्ने, गजब भै गो !’ « Khabarhub

नीति कार्यक्रमबारे महतोको कटाक्ष– जे मन लाग्यो त्यही लेख्ने, गजब भै गो !’


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारको नीति तथा कार्यंक्रम शाही सम्बोधनको शैलीमा आएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्दै सांसद महतोले नीति तथा कार्यक्रम शाही सम्बोधनको शैलीमा आएको भन्दै राजतन्त्रमा मात्र श्री ५ को सरकार र मेरो सरकार भन्ने गरिएको बताए ।

सरकारले पेश गरेको नीति तथा कार्यक्रम झुटको खेती र सफेद झठ भएको बताए । उनले भने,‘दिन दाहाडै डकैती भइरहेको छ । जनतालाई ढाट्टे गुमराहा गर्ने निति कार्यक्रम आएको छ । ’

नीति तथा कार्यक्रममा संविधानको सर्वस्वीकार्यतामा अब विमत्ति छैन भनिएको भन्दै सांसद महतोले कहिलेदेखि विमत्ति छैन ? भन्दै प्रश्न गरे ।

‘संविधानको सर्वस्वीकार्यतामा अब विमत्ति छैन भनेको रहेछ’ सांसद महतोले प्रश्न गरे, ‘कहिलेदेखि विमत्ति भएन ? कसरी लेखियो यो नीति कार्यक्रम, आधा निन्द्रामा लेखेको हो कि कसो ?’

‘यो संविधानमा विमत्ति छैन रे, भो अब ? पाचासौं पटक हाउसमा हामीले विमत्ति जनाएको’ उनले भने,‘संविधानमा विमत्ति भन्दै नोट अफ डिसेन्ट लेखको मान्छे प्रचण्डजीले कसरी विमत्ति छैन भन्ने ? उपेन्द्र जी पनि संशोध गर्न सरकामा जानु भएको हो अनि विमत्ति छैन भन्न मिल्छ ?’

उनले भने, ‘नाकाबन्दीसम्मको कुरा संविधानमा विमत्ति जनाएको होइन र ? सयौं मानिसले ज्यान गुमाएको विमत्ति होइन ? मधेश थरुहठ आन्दोलन विमत्ति होइन ? जे मन लाग्यो त्यही लेख्ने गजब भै गो !’

आफूहरुले सरकारलाई समर्थन दिने क्रममा प्रधानमन्त्रीले संशोधन हुन्छ भनेर रोस्टमबाट स्वीकार गरेको उल्लेख गर्दै सांसद महतोले प्रश्न गरे,‘ यो नीति कार्यक्रम भाङ खाएर लेखेको त होइन होला नी ? भाङ खाएर त लेखिदैन नि !’

उनले संविधानलाई स्वीकार गरिएको भएपनि पूर्ण रुप्मा स्वीकार्य नभएको बताए । नीति तथा कार्यक्रममा यसबारे लेखेर संविधानमा बाइबल, गीता, कुरान बनाउन खोजेको हो कि ? भन्दै उनले प्रश्न गरे । उनले नीति तथा कार्यक्रमको सात नम्बर बुँदा संशोधन गरेर संविधानको संशोधन गरिने छ भन्ने वाक्य राख्नु पर्ने बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : ३३ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका