गोपनियताको शपथ खुवाउने प्रचलन तत्काल हटाउन सूचना आयोगको माग « Khabarhub

गोपनियताको शपथ खुवाउने प्रचलन तत्काल हटाउन सूचना आयोगको माग


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌– राष्ट्रिय सूचना आयोगले गोपनियताको शपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिँईदै आइएको गोपनियताको शपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत  गराए ।

आइतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै उनले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको शपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोमा आपत्ति जनाए । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि सबै नागरिकलाई आह्वान गरे ।

आयोगले आम नागरिकलाई आफ्नो र सार्वजनिक महत्वको विषयमा सूचना लिने संवैधानिक हक भरपुर उपयोग गर्न आह्वान गर्दै प्रभातफेरी निकालेको हो । काठमाडौंको बाघबजारबाट निकालिएको प्रभातफेरी पुतलीसडक, अनामनगर हुँदै बानेश्वरको देवीनगरस्थित आयोगको कार्यालयमा पुगेर समापन गरिएको थियो । प्रभाफेरीमा ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’, ‘लोकतन्त्रको आधार, सूचनाको अधिकार’लगायत लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरिएको थियो ।

सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारले २०६५ साल बैशाख २२ गते अर्थात् आजकै दिन राष्ट्रिय सूचना आयोगको गठन भएको थियो । आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनमा प्रगति हुँदै आएको पनि बताउनु भयो । विगत एक वर्षमा नेपालमा ५० हजार नागरिकले सूचनाको हकको माग गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : ५१ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा