पीएम कप क्रिकेट जेठ १ देखि शुरु हुने « Khabarhub

पीएम कप क्रिकेट जेठ १ देखि शुरु हुने


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगिता जेठ १ गतेदेखि शुरु हुने भएको छ । ५० ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जेठ २४ गतेसम्म चल्ने छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी हुने जनाइएको छ । जसमध्ये ७ टिम प्रदेशअन्तर्गतका हुनेछन् भने ३ ओटा विभागीय टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टिमका २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार तोकिएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले १ थान मोटरसाइकल तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : १९ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे