‘भारत’ पछि यो हिट फिल्मको सिक्वेलमा सलमान खान « Khabarhub

‘भारत’ पछि यो हिट फिल्मको सिक्वेलमा सलमान खान


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान पछिल्लो समय फिल्म ‘भारत’ का कारण चर्चामा छन् । लामो समयदेखि दर्शक उनको फिल्मको प्रतीक्षामा छन् । यो मात्र होइन, सलमानका फ्यान ‘टाइगर जिन्दा है’ को सिक्वेलको पनि पर्खाइमा छन् ।

निर्देशक अली अब्बास जफरले फिल्म ‘भारत’ को काम सकिएपछि सलमान खानलाई लिएर ‘टाइगर जिन्दा है’ को सिक्वेल बनाउने बताएका छन् । ‘भारत’ मा पनि उनकै निर्देशन छ । यो फिल्ममा सलमान खानको अपोजिटमा क्याटरीना कैफ छिन् ।

सलमान खान स्टारर फिल्म ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा पनि सलमान र क्याटरीनाको जोडी दर्शकले देख्न पाएका थिए ।

निर्देशक अली अब्बास जफरले भनेका छन्, ‘मेरा लागि सबैभन्दा पहिले जरुरी काम कथा खोज्नु हो, म एकदमै खुशी छु, किनकि मैले फिल्मका लागि कथा भेट्याइसकेको छु, यो कहानी टाइगर जिन्दा है को सिक्वेल हो ।’

उनका अनुसार उक्त कथा गज्जबको छ । यसअघिका दुई फिल्म सुपरहिट भएकाले पनि दर्शकलाई ‘टाइगर जिन्दा है’ को कहानीमा विशेष रुचि छ ।

सलमान खानको फिल्म ‘भारत’ ईदको मौका पारेर रिलिज हुँदैछ भने डिसेम्बरमा ‘दबंग ३’ रिलिज हुनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : ४० बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व