अब कतारले दुश्मनलाई भिसा नदिने ! « Khabarhub

अब कतारले दुश्मनलाई भिसा नदिने !


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतारले आफ्ना ‘दुश्मन’ लाई भिसा नदिने जनाएको छ । कतार आउन चाहने इजिप्सियनलाई लक्षित गर्दै कतारी पर्यटन परिषद्का महासचिव अकबर अल–बकिरले जनाएअनुसार कतारले आफ्ना मित्रहरुलाई मात्र दिने जनाएका हुन् ।

सन् २०१७ यता कतार र इजिप्टसहितका अन्य अरब मुलुकहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइनबीच सम्बन्ध बिग्रिदै गएको अवस्थामा कतारी पर्यटन परिषद्को यस्तो भनाई सार्वजनिक भएको हो ।

ती मुलुकहरुले कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै सन् २०१७ मा द्विपक्षीय सम्बन्ध सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए । त्यसयता इजिप्टबाहेकका अरु खाडी मुलुकले कतारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन निर्देशन दिएपनि इजिप्टले त्यसो गरेको थिएन । कतारमा अझै पनि ठूलो सङ्ख्यामा इजिप्टका कामदारले काम गरिरहेको बताइन्छ ।

यसअघि कतारले अरब विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको मुलुक इजिप्टका नागरिकलाई आफ्नो मुलुक आउन नदिने आशंका बढिरहेका बेला कतारी पर्यटन परिषद्का महासचिवबाट यस्तो भनाइ आएको हो ।

यद्यपि कतारले आफ्नो मुलुकमा रहेका इजिप्टका नागरिकलाई देश निकाला भने नगर्ने बताइएको छ ।

कतारका २७ लाख जनसङ्ख्यामध्ये केबल ३ लाख मात्रै कतारी नागरिक छन् । जनसङ्ख्याको बाँकी हिस्सा भने अन्य मुलुकका कामदार तथा आप्रवासी छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : १७ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते