अमेरिकी राष्ट्रपति ट्रम्पका ७ गोप्य रहस्य तपाईंलाई थाहा छ ? « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका ७ गोप्य रहस्य तपाईंलाई थाहा छ ?


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संसाभर चर्चामा रहेका नेता हुन् । आक्रामक शैली र टिप्पणीले ट्रम्प बारम्बार बिबाद र चर्चामा आउने गर्छन् । ७२ वर्षे राष्ट्रपति ट्रम्प आफ्नो व्यबहारका कारण निकै विवादित छन्।

उनी झुट भएपनि आफ्नो कुरामा अड्डी लिइरहन्छन् र सार्वजनिक टिप्पणीमै उत्रन्छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना भनाइहरु सार्वजनिक गर्नेदेखि बिरोधमा उत्रने ट्रम्पका सात रहस्य यस्ता छन्–

१. ट्रम्प बच्चैदेखी सन्काहा, उदण्ड र आक्रामक थिए

ट्रम्पले १३ वर्षकै उमेरमा आफू अध्ययनरत क्यू–फरेस्ट स्कुलका संगीत शिक्षकलाई पिटेका थिए। उनको अनुशासनहिन व्यवहार सुधार नगरेपछि परिवारले सैनिक स्कुल भर्ना गरिदिएको थियो। ट्रम्पले आफ्नो किताबमा शिक्षक संगीतमा पोख्त नरहेको आशंकाले आक्रोशीत भएर पिटेको उल्लेख गरेका छन्।

२. ट्रम्प रक्सी र चुरोट खाँदैनन् 

सन् १९८२ मा आफ्नो दाजुको रक्सी सेवनबाटै मृत्यु भएपछि ट्रम्पले कहिल्यै रक्सी, चुरोट र लागूऔषध सेवन गरेका छैनन् ।

३, बर्गर र कोकमात्र धेरै खान्छन्

ट्रम्प दैनिकजसो जंक फुड खान्छन् । उनी बर्गर कोकका पारखी हुन् । ट्रम्प भने आफ्नो जंक फुडको शैली निकै स्वास्थ्य रहेको दाबी गर्छन् । उनलाई आलोचकहरु फास्ट फुड प्रेसिडेन्टको रुपमा चित्रण गर्छन् । ट्रम्प खाना या पानीमा आफुलाई कसैले बिषादी हाली हत्या गर्नसक्छ भन्नेतर्फ निकै चिन्तित भएकाले पनि गोप्य रुपमा म्याकडोनाल्ड र कोक खान थालेको समेत बताइन्छ। ट्रम्प ह्वाइट हाउसका कर्मचारीहरुलाई समेत विश्वास नगर्ने र उनीहरुले बनाएका खानामा समेत शंका गर्दै नखाने गरेको बताइन्छ ।

४. ट्रम्पले किनेका व्यबसाय ४ पटक टाट पल्टेका थिए

अमेरिकाकै सफल व्यबसायी मध्ये एक भएपनि डोनाल्ड ट्रम्पको स्वामित्वको व्यबसाय चार पटक टाट पल्टे । सन् १९९१ मा उनको ताज महल होटल, सन् १९९२ मा उनको ट्रम्प प्लाजा होटल, सन् २००४ मा ट्रम्प होटल र क्यासिनो रिर्सट तथा सन् २००९ मा ट्रम्पको मनोरञ्जन रिसोर्ट टाट पल्टेको थियो।

५, ट्रम्पका तीन पत्नी,५ छोरा छोरी र ८ नातिनातिनी छन्

ट्रम्प कहिले पोर्न स्टार त कहिले आफ्ना कामदार तथा अन्य महिलाहरुसंगको सम्बन्धले विवादमा आइरहन्छन् । बिभिन्न महिलाहरुसंग सम्बन्धमा रमाउने उनका बैधानिक रुपमै ३ वटा पत्नी भए । उनी सन् १९७८ देखी १९९२ सम्म इवानासंग बैबाहिक सम्बन्धमा रहे । मार्ला मेपलससंग १९९० देखी ९९ र मेनलिया कन्नास संग १९९९ मा तेस्रो बिहे गरेका हुन् । तीन पत्नीहरुबाट ट्रम्पका ५ छोरा÷छोरी र ८ नातिनातिनी छन् ।

६. ट्रम्पले रियालिटी शोबाट धेरै पैसा कमाए

डोनाल्ड ट्रम्पको टेलिभिजन शो द एप्प्रेन्टीसमा कार्यक्रम चलाए बापत प्रति श्रृखला ३ लाख ७५ हजार डलर रकम लिन्थे जुन नेपाली ४ करोडभन्दा धेरै हुन आउँछ ।

७. ट्रम्प पहिलेपनि राष्ट्रपतिको दौडमा गए पछि फिर्ता लिए

डोनाल्ड ट्रम्प सन् २००० मा रिर्फम पार्टीको तर्फबाट क्यालिफोर्नियाबाट राष्ट्रपतिको उम्मेदवारको दौडमा लागेका थिए। उनले पार्टीको आन्तरिक प्रतिष्पर्धामा जितेका पनि थिए। उनले पछि आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।

ट्रम्पबिरुद्ध ३ दशकमा २४ भन्दा बढी महिलाहरुलाई दुव्र्यहारमा गरेको आरोप छ । यी बाहेक ट्रम्पले कल्यिै पनि बैंकको एटीएम प्रयोग गर्दैनन, ३५ सय भन्दा बढी मु भन्ने लगायत धेरै हल्लाहरु छन् ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : ३७ बजे

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई