फानी चक्रवातः भारतमा मृत्यु हुनेको संख्या २१ पुग्यो « Khabarhub

फानी चक्रवातः भारतमा मृत्यु हुनेको संख्या २१ पुग्यो


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–‘फानी’ नामक चक्रवातका कारण भारतको उडिसा राज्यस्थित पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

फानी चक्रवातले मच्चाएको बितण्डाले अझै पनि उक्त क्षेत्र सञ्चार सम्पर्कबाट विक्षेद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै उडिसा राज्यका अन्य क्षेत्रसँगको पनि सम्पर्क टुटेका छन् । पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेपछि राज्यका अन्य क्षेत्रमा पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

फानी चक्रवातले पुर्‍याएको क्षतिका कारण दुई दिन बित्दा पनि विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन । सयौँ बिजुलीका पोल ढल्नुका साथै ट्रान्सफर्मरहरुमा क्षति पुगेको छ । यस्तै, दर्जनौँ सडकका पुल भत्किएका छन् भने शहरी क्षेत्रलाई जोड्ने मुख्य सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा पानीको आपुर्ति समेत प्रभावित भएको छ । जसका कारण पिउन र शौचालय जानसमेत मानिसहरुले समस्या भोग्नु परिरहेको छ । उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले फानी चक्रवातको खतरामा रहेका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ०९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।