‘टिकटक’ ले ल्यायो नयाँ फिचर « Khabarhub

‘टिकटक’ ले ल्यायो नयाँ फिचर


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भिडियो शेयरिङ एप ‘टिकटक’ले भारतमा नयाँ फिचर शुरु गरेको छ ।

टिकटकको सेफ्टी क्विज फिचरले प्रयोगकर्तामा अनलाईन सुरक्षाको विषयमा जागरुकता बढ्ने कम्पनीले दावी गरेको छ । कम्नीले यो नयाँ फिचरलाई भारतका साथै युरोपियन बजारमा पनि लन्च गर्ने योजना रहेको जनाएको छ ।

सेफ्टी क्विजले प्रयोगकर्तालाई सुरक्षित पासवर्ड कसरी राख्ने, सुरक्षासँग जोडिएका सामान्य जानकारी, सामग्री शेयरिङमा कस्तो सावधानी अपनाउनु पर्छ भन्नेलगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

नयाँ सुविधामा डिभाइस म्यानेजर र नोटिफिकेसन नियन्त्रण गर्न सकिने छ । कम्पनीको एकको मासिक कमाई २४ करोड भारु रहेको एक रिपोर्टले जनाएको छ । यस्तै, संसारभर टिकटकलाई एक सय करोडभन्दा बढी पटक डाउनलोड गरिएको कम्पनीको दावी छ ।

अश्लिल सामग्रीका कारण टिकटकमाथि केही दिन अघि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धपछि पुनः एक पटक प्रयोगकर्तामाझ आएको टिकटकको एप दोस्रो पटक गुगल प्ले स्टोर र एपल एप स्टोरमा फेरि डाउनलोडका लागि उपलब्ध हुन थालेको छ । प्रतिबन्धका कारण टिकटकले ठूलो क्षति व्यहोर्नु परेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ९ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको