पार्टी एकताको मुख्य आधार समाजवाद : डा.भट्टराई | Khabarhub Khabarhub

पार्टी एकताको मुख्य आधार समाजवाद : डा.भट्टराई


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन् ।

संयोजक भट्टराईले भोलि (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढने सहमतिका लागि गरिएको जानकारी दिए ।  उनले साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरुले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागिएको पनि स्पष्ट पारे ।

सोमबार भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएको छ ।

संयोजक भट्टराईले कम्युनिष्ट पार्टीहरुको संगठन संचालन प्रणाली पनि त्रूटीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताए । २ जना नेतृत्वमा रहने गरी एकता हुन लागेको सो पार्टीको मुख्य लक्ष्य मुलुकमा समाजवाद स्थापना गर्नु हुने संयोजक भट्टराइले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : १० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून