पार्टी एकीकरणका बाँकी काम दुई दिनभित्र : प्रचण्ड « Khabarhub

पार्टी एकीकरणका बाँकी काम दुई दिनभित्र : प्रचण्ड


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पूर्णता दिने बताएका छन् ।

अध्यक्ष दाहालले जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएको दावी गर्दै जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले पार्टी एकीकरणका बाँकी कामका लागि सोमबार केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी दिए । आइतबार काठमाडौंमा आयोजित ‘कार्ल माक्र्सः २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेवित्तिकै करिव ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना पनि अघि सारे ।

पार्टीका जिल्ला अधिवेशनहरुमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ संचालन गर्ने अध्यक्ष दाहालले बताए । अध्यक्ष दाहालले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ३५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

आज २०८३ साल वैशाख २ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २ गते बुधबार ।

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा