पार्टी एकीकरणका बाँकी काम दुई दिनभित्र : प्रचण्ड | Khabarhub Khabarhub

पार्टी एकीकरणका बाँकी काम दुई दिनभित्र : प्रचण्ड


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पूर्णता दिने बताएका छन् ।

अध्यक्ष दाहालले जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएको दावी गर्दै जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि २ दिन भित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले पार्टी एकीकरणका बाँकी कामका लागि सोमबार केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी दिए । आइतबार काठमाडौंमा आयोजित ‘कार्ल माक्र्सः २ सय १ जन्म स्मृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेवित्तिकै करिव ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना पनि अघि सारे ।

पार्टीका जिल्ला अधिवेशनहरुमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ संचालन गर्ने अध्यक्ष दाहालले बताए । अध्यक्ष दाहालले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ३५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग