हतियार परीक्षणको किमद्वारा निरीक्षण « Khabarhub

हतियार परीक्षणको किमद्वारा निरीक्षण


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तरकोरिया– उत्तर कोरियाले हालै गरेको हतियार परीक्षणको सर्वोच्च नेता किम जोङ उनले व्यक्तिगत रुपमै निरीक्षण गरेको खुलासा भएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार किम जोङ उन स्वयंले उत्तर कोरियाले हालै गरेको हतियार परीक्षणको निरीक्षण गरेको जनाएको हो ।

केसीएनएले पछिल्लो हतियार परीक्षणलाई ‘ठूलो कलिबरको लामो दुरीको मल्टिपल रकेट लन्चर’ परीक्षण भनी संज्ञा दिएको छ ।
सर्वोच्च नेता किमले राजनीतिक सार्वभौमिकताको रक्षा तथा आर्थिक स्वाबलम्बनका लागि आक्रमणका तयार रहनका लागि हतियार परीक्षण गरिएको जनाएका छन् ।

केसीएनएले सार्वजनिक गरेको तस्बीरमा देखाइएअनुसार परीक्षण गरिएको हतियार छोटो दुरीको जमिनबाट जमिनमा मार हान्न सक्ने ब्यालिष्टिक क्षेप्यास्त्र हुनसक्ने विज्ञहरुले जनाएका छन् ।

हालै उत्तर कोरियाले परीक्षण गरेको हतियारमा ठोस इन्धन रहेको र यसले ५ सय किलोमिटरको दुरीसम्म मार हान्न सक्ने भएकाले अमेरिकाले दक्षिण कोरियामा जडान गरेको थाड नामक क्षेप्यास्त्र प्रतिरोधी प्रणालीले पनि यसलाई रोक्न नसक्ने दक्षिण कोरियाका क्युनगाम विश्वविद्यालय अन्तर्गत सुदूर पूर्वी अध्ययन प्रतिष्ठानका विज्ञहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र मात्र परीक्षण नगर्ने बाचा गरेकाले छोटो दुरीको रकेट परीक्षणबाट कुनै आश्चर्य नरहेको बुझिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ०९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५