नयाँ श्रम स्वीकृति नखुल्दै मलेसिया पठाउने नाममा धमाधाम अन्तरवार्ता « Khabarhub

नयाँ श्रम स्वीकृति नखुल्दै मलेसिया पठाउने नाममा धमाधाम अन्तरवार्ता


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत वर्षको जेठ महिनामा मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्दै आएका विभिन्न संस्था बन्द गरेपछि त्यहाँको रोजगारी बन्द भएको छ । एक वर्षदेखि नयाँ श्रम स्वीकृति लिएर रोजगारीका लागि मलेसियामा नेपाली कामदार जान पाएका छैनन् ।

हाल, नयाँ श्रम स्वीकृति लिएर मलेसिया जाने कामदारका हकमा श्रम स्वीकृति नखुलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । तर, मलेसियाका लागि नयाँ श्रम स्वीकृति नखुले पनि म्यानपावर कम्पनीले नयाँ डिमाण्डको विज्ञापन गरेर कामदारसँग धमाधम अन्तरवार्ता लिइरहेको पाइएको छ ।

गत चैत महिनादेखि दर्जनभन्दा बढी म्यानपावर कम्पनीले मलेसिया रोजगारीमा पठाउने भन्दै कामदारसँग अन्तरवार्ता लिइरहेको खुलासा भएको छ । अन्जली ओभरसिर्ज प्रालि, विएस म्यानपावर प्रालि, सक्सेज डेभलमेन्ट म्यानपावर, टाटइनिक म्यानपावर प्रालि ओभरसिजले मलेसिया लैजाने भन्दै कामदारसँग अन्तरवार्ता लिइरहेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ ।

मलेसियाको रोजगारी जेठ महिनादेखि खुल्छ भन्दै अञ्जली ओभरसिजले अन्तरवार्ता लिएको स्यांङजाका एक युवाले नाम नबताउने सर्तमा जानकारी दिए । उक्त म्यानपावरले मलेसिया सुरक्षा गार्डमा पठाउने भन्दै आफूसँग राहदानी र अन्तवार्ता लिएको ती युवाले खबरहवलाई जानकारी दिएका छन् ।

उनकाअनुसार अन्जली म्यानपावरले हाल पनि उपत्यका बाहिरका शाखा कार्यलयबाट मलेसिया जाने कामदारसँग अन्तवार्ता लिइरहेको छ ।

यसैगरी मलेसियाको रोजगारी नखुल्दै राजधानीकै अर्को बीएस ओभरसिज प्रालिले पनि कामदारसँग अन्तरवार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले गत शुक्रबार छापा मारेको थियो । उक्त म्यानपावरका सञ्चालक भिमबहादुर सापकोटालाई विभागले यो विषयमा स्पष्टीकरण समेत लिएको छ ।

त्यसैगरी, सक्सेज म्यानपावर प्रालि, टाइटनिक म्यानपावर प्रालिले पनि मलेसिया रोजगारीमा पठाउने भन्दै हाल धामधाम अन्तरवार्ता लिइरहेको जनाइएको छ । मलेसियाको रोजगारी नखुली दर्जनभन्दा धेरै म्यानपावर प्रालिले नयाँ श्रम स्वीकृति नखुलाई मलेसिया रोजगारीमा पठाउने भन्दै अन्तरवार्ता लिइरहेका छन् ।

मलेसिया रोजगारी खुल्ने निश्चित नभइ म्यानपावर कम्पनीले अन्तवाता लिइरहेको विषयमा निगरानी भइरहेको वैदेशिक रोजगार विभागका निर्देशक हरि ज्ञवालीले बताए ।

बी.एस. ओभरसिजले मलेसियाको लागि नयाँ डिमाण्ड आएको भन्दै कामदारहरु छनोट गर्न अन्तर्वार्ता लिएको उजुरी विभागमा परेपछि म्यानपावरमा छापा मारेको विभागका निर्देशक हरि ज्ञवालीले बताए ।

उनले भने, ‘मलेसिया कामदार पठाउने भन्दै अन्तरवार्ता लिने म्यानपावरका विषयमा विभागले अनुसन्धान गरिरहेको छ । यसरी कामदारलाई झुक्याएर अन्तरवार्ता लिने म्यानपावरलाई कानूनी कारबाही हुन्छ । विभागमा कामदारले दिएको सूचनाको आधारमा विभागले छापा मार्ने तयारी पनि गरिरहेको छ ।’

सरकारले मलेसिया रोक्नुअघि मलेसिया कलिङ भिसा लागेर जान नपाएका कामदार हकमा श्रम मन्त्रालयले गत चैत अन्तिमदेखि श्रम स्वीकृति खुल्ला गरेको थियो ।

मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य मेडिकलको छनोट गरिरहेका छ । जसका कारण मलेसियाको रोजगारी खुल्न केही समय लाग्ने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

हल्लाका पछि लागेर अन्तरवार्ता नदिन श्रम मन्त्रालयले अपिल समेत गरेको छ । मलेसयाको रोजगारी खुल्न असारसम्म लाग्न सक्ने श्रम मन्त्रालय स्रोतको भनाइ छ । हाल स्वास्थ्यलगयात अन्य प्रक्रियाका विषयमा दुई देशबीच छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : २१ बजे

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी