इटहरीका मेयरको धम्की- ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ’ « Khabarhub

इटहरीका मेयरको धम्की- ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ’


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् ।

इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी उनले अपशब्द बोल्दै अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ भन्दै धम्क्याएका हुन्। आफ्नो फेसबुक पोस्टमा चाटुकार पत्रकार भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएका हुन् । उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै अब तिम्रो पालो समेत लेखेका थिए।

फोनमा उनले भनेका छन्, तिमीले के के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ, उनले भनेका छन्, अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।’

यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडौं पुगेका थिए। गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्का समेत कुटेका थिए । उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए।

पहिलैदेखि उदण्ड द्वारिका

स्थानीय तहको निर्वाचनमा आदीवासी जनजाती कोटामा इटहरी उपमहानगरको मेयरका लागि तत्कालीन एमालेले उनको नाम फाइनल गरेको थियो ।

धेरैको विरोधकाबीच पार्टी केन्द्रीय कमिटीले उनको नाम निर्णय गरेको थियो । पहिलो संविधानसभाका बेला तत्कालीन एमाले देशैभर कमजोर बनिरहेका बेला संगठन निर्माण गर्नुको साटो चौधरीले ‘थारु नसमेटेको’ भन्ने स्टन्ट देखाउँदै राजीनामाको घोषणा समेत गरेका थिए ।

तर, अन्यत्र कतै ठाउँ नपाउने भएपछि जिल्ला कमिटीमा बस्न बाध्य भए । जिल्ला कमिटीमा पनि नेतृत्व नपाएको झ्वाँकमा विभिन्न व्यक्तिसँग उनको विवाद कायमै रहेको थियो । जिल्लाका कतिपय नेतासँग उनले मुखामुख गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ५५ बजे

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको,

महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीले पाए अनुमति, फागुन २५ देखि अनिवार्य

काठमाडौं– महानगर र उपमहानगरभित्र घरजग्गा कारोबार गर्नका लागि ३६ वटा

आफ्ना नागरिकलाई इरान छोड्न भारतको आग्रह

नयाँदिल्ली– तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकाबीच भारत सरकारले आफ्ना

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले