वैदेशिक रोजगारीको पीडा : बिहेमा काम गर्ने युवा भएन « Khabarhub

वैदेशिक रोजगारीको पीडा : बिहेमा काम गर्ने युवा भएन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा पनि असर परेको छ ।

घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला मुलुकमा भएको द्वन्द्वको समयमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य थिए ।

नेपाल सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरेर पनि सीप सिकेका युवाले त्यही प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यस्तो समस्या आएको हो ।

गाउँमा युवा नभएपछि यता दक्ष जनशक्तिको अभाव हुनाका साथै पारिवारिक काममा समेत समस्या उत्पन्न भएको छ । भदैयाका विष्णुदेव चौधरीले भने, ‘स्वदेशमै कुनै अवसर उपलब्ध गराउन सके बेलाबखत भए पनि युवा गाउँमा आउँथे अनि थोरबहुत सहयोग पुग्ने थियो तर उनीहरू नै विदेशिएपछि वर्षौसम्म आउँदैनन्, अनि समस्या झन् थपिँदै गएको छ ।’

गाउँका युवा विदेश पलायन हुँदै गएपछि अहिले विवाह व्रतबन्ध तथा मर्दापर्दा लास बोकेर आर्यघाटसम्म पुर्‍याउनसमेत कठिन हुने गरेको लहानस्थित जेएस मुररका बहुमुखी क्याम्पसका स्ववियु सभपति अशोककुमार चौधरीले बताए । गाउँमा पर्याप्त युवा जनशक्ति नभएपछि समाजमा मर्दापर्दाको समयमा गाउँमा भएका दुई-चार युवाले मात्र काम गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : १४ बजे

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका