वैदेशिक रोजगारीको पीडा : बिहेमा काम गर्ने युवा भएन | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको पीडा : बिहेमा काम गर्ने युवा भएन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा पनि असर परेको छ ।

घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला मुलुकमा भएको द्वन्द्वको समयमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य थिए ।

नेपाल सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरेर पनि सीप सिकेका युवाले त्यही प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यस्तो समस्या आएको हो ।

गाउँमा युवा नभएपछि यता दक्ष जनशक्तिको अभाव हुनाका साथै पारिवारिक काममा समेत समस्या उत्पन्न भएको छ । भदैयाका विष्णुदेव चौधरीले भने, ‘स्वदेशमै कुनै अवसर उपलब्ध गराउन सके बेलाबखत भए पनि युवा गाउँमा आउँथे अनि थोरबहुत सहयोग पुग्ने थियो तर उनीहरू नै विदेशिएपछि वर्षौसम्म आउँदैनन्, अनि समस्या झन् थपिँदै गएको छ ।’

गाउँका युवा विदेश पलायन हुँदै गएपछि अहिले विवाह व्रतबन्ध तथा मर्दापर्दा लास बोकेर आर्यघाटसम्म पुर्‍याउनसमेत कठिन हुने गरेको लहानस्थित जेएस मुररका बहुमुखी क्याम्पसका स्ववियु सभपति अशोककुमार चौधरीले बताए । गाउँमा पर्याप्त युवा जनशक्ति नभएपछि समाजमा मर्दापर्दाको समयमा गाउँमा भएका दुई-चार युवाले मात्र काम गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ८ : १४ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र