राष्ट्रपति भण्डारीद्वारा बागेश्वरी मन्दिरमा पूजाआजा « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा बागेश्वरी मन्दिरमा पूजाआजा


२२ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– पश्चिम नेपालको बाँके भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विहान नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा पूजा गरेकी छन् ।

भण्डारीले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेकी राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिइन् ।

पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा राष्ट्रप्रमुख भएपछि भण्डारीले पहिलोपटक पूजा गरेकी हुन् ।

बुधबार विहान कडा सुरक्षा व्यवस्थासहित पुगेकी भण्डारीलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले स्वागत गरेका थिए । मूलमहन्त योगीले देवीको प्रसाद प्रदान गर्नाका साथै मन्दिरको आर्थिक अवस्थाबारे समेत राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

मंगलबार मुस्लिम समुदायको पवित्र महीना रमदान मुबारकको अवसरमा नेपालगञ्जमा आयोजित ‘रोजा इफ्तार’मा सहभागी हुनुभएकी राष्ट्रपति भण्डारी बुधबार बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  १० : ४३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति