राष्ट्रपति भण्डारीद्वारा बागेश्वरी मन्दिरमा पूजाआजा « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा बागेश्वरी मन्दिरमा पूजाआजा


२२ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– पश्चिम नेपालको बाँके भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विहान नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा पूजा गरेकी छन् ।

भण्डारीले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेकी राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिइन् ।

पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा राष्ट्रप्रमुख भएपछि भण्डारीले पहिलोपटक पूजा गरेकी हुन् ।

बुधबार विहान कडा सुरक्षा व्यवस्थासहित पुगेकी भण्डारीलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले स्वागत गरेका थिए । मूलमहन्त योगीले देवीको प्रसाद प्रदान गर्नाका साथै मन्दिरको आर्थिक अवस्थाबारे समेत राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

मंगलबार मुस्लिम समुदायको पवित्र महीना रमदान मुबारकको अवसरमा नेपालगञ्जमा आयोजित ‘रोजा इफ्तार’मा सहभागी हुनुभएकी राष्ट्रपति भण्डारी बुधबार बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  १० : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया