साढे २ लाख गरीब परिवारलाई स्वास्थ्य बिमा सेवा उपलब्ध « Khabarhub

साढे २ लाख गरीब परिवारलाई स्वास्थ्य बिमा सेवा उपलब्ध


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा साढे २ लाख गरीब परिवारलाई निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २ लाख ५६ हजार गरिबीको रेखामूनि रहेका नागरिकलाई स्वास्थ्य बिमा सेवा दिएको स्वास्थ्य बिमा बोर्डले जानकारी दिएको छ ।

बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष बोर्डबाट २ लाख ३१ हजार ४ सय ८८ रुपैयाँको निःशुल्क स्वास्थ्य बीमा सेवा सर्वसाधारणले पाएका थिए । त्यस्तै यो आर्थिक वर्षमा स्वास्थ्य बीमा सेवा लिनको संख्या बृद्धि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा अति गरीबलाई निःशुल्क स्वास्थय बीमा सेवा प्रदान गरिँदै आएको छ । बोर्डको तथ्यांक अनुसार गत आवमा ४६ हजार ५ सय घरधुरीले निःशुल्क स्वास्थ्य बीमा सेवा पाएका छन् ।

जसमध्ये महिलाको संख्या ४२ हजार ४ सय ३५ छ भने पुरुषको संख्या ३७ हजार १ सय ५ रहेको छ । सो संख्याको गरिबको निःशुल्क बीमाको लागी सरकारले ११ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ५३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु