पसलेसँग झगडापछि राजनीतिमा लागेका थिए आदित्यनाथ « Khabarhub

पसलेसँग झगडापछि राजनीतिमा लागेका थिए आदित्यनाथ


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– योगी आदित्यनाथ भारत उत्तर प्रदेशका मुख्यमन्त्री हुन् । योगी पाँच पटक गोरखपुरका सांसद पनि बनिसकेका छन् । पाँच जुन १९७२ मा जन्मिएका योगी आदित्यनाथको पहिलो मुख्यमन्त्री बन्ने कथापनि निकै रोचक छ ।

कुरा दुई दशक पहिलाको हो । गोरखपुर शहरको मुख्य बजार गोलघरमा गोरखनाथ मन्दिरबाट सञ्चालित इन्टर कलेजमा पढ्ने केही छात्र एक पसलमा कपडा किन्न गएका थिए । त्यसक्रममा उनीरुको पसलेसँग झगडा पर्न गयो । विवादका क्रममा पसलेमाथि आक्रमण भयो त्यतिबेला पसलेले पेस्तोल निकाले र विद्यार्थीमाथि आक्रमण गर्न खोजे ।

दुई दिनपछि पसलेमाथि कारवाहीको माग गर्दै युवाहरु आन्दोलनमा उत्रिए । आन्दोलन उग्र बन्दै गयो । एक युवा योगीको नेतृत्वमा विद्यार्थीहरुले उग्र प्रदर्शन गरे र उनी एसएसपी भवनको पर्खाल पनि चढे । ति पर्खाल चढ्ने उनी योगी आदित्यनाथ थिए ।

जसले १५ फेब्रुअरी १९९४ मा नाथ सम्प्रदायको सबैभन्दा प्रमुख मठ गोरखनाथको मन्दिरको उत्तराधिकारीको रुपमा आफ्ना गुरु महन्त अवैद्यनाथबाट दीक्षा लिएका थिए ।

गोरखपुरको राजनीीतमा एक ‘एग्री योङ म्यान’ को रुपमा उनको धमाकेदार प्रवेश भएको थियो ।

यो त्यसबेला भएको जतिबेला गोरखपुरका राजनीतिमा दुई बाहुबली नेताहरु हरिशंकर तिवारी र वीरेन्द्र प्रताप शाहीको नेतृत्व कमजोर भएको थियो ।

युवाहरुमा खासगरेर गोरखपुर विश्वविद्यालयका विद्यार्थी नेताले उनै योगीलाई हिन्दू महासभाको अध्यक्ष रहेका महन्त दिग्विजयनाथको छवी देखेर र उनीसँग जोडिए ।

अब उनै योगी हिन्दुत्वको सबैभन्दा ठूला ब्राण्ड नेताको रुपमा स्थापित बनेका छिन् ।

दिल्लीपछि बिहारमा हारका कारण यूपीमा आफ्नो प्रदर्शनलाई लिएर चिन्तित भाजपामा गत वर्ष उनलाई मुख्यमन्त्री पदको रुपमा प्रस्तुत गर्ने हल्ला आएको थियो ।

गगत वर्ष मार्चमा गोरखनाथ मन्दिरमा भएको भारतीय सन्तसभाको चिन्तन बैठकमा आरएसएसका ठूला नेताहरुको उपस्थितिमा योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाउने संकल्प गरिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १२ : १२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक