कसरी बन्यो भुटान संसारकै खुशी र शान्त देश ? « Khabarhub

कसरी बन्यो भुटान संसारकै खुशी र शान्त देश ?


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वको प्रदुषित शहरको सूचीमा काठमाडौं पनि पर्छ । यस्तै विश्वका सबै भन्दा बढी प्रदुषित शहर भएको देशमा भारत पनि पर्छ । भारतका सात वटा शहर विश्वका धेरै प्रदुषित शहरमा पर्छन् । प्रदुषणका कारण विकसित मात्रै नभइ हाम्रो जस्तो कम विकसित मुलुकले पनि समस्या भोगिरहेको छ । तर, दक्षिण एसियाली मुलुक भुटान भने यो मामिलामा भने सम्पन्न देखिएको छ ।

विश्वमै प्रदुषण मुक्त देशको रुपमा भुटानले परिचय बनाएको छ । यो उपलब्धीमा सरकारी नीतिको जति योगदान छ त्यति नै भुटानको जनताको पनि । भुटानको प्राकृतिक शौन्दर्यलाई देखेर नै विश्वभरका पर्यटक आकर्षित हुने गरेका छन् ।

ग्रोस नेसनल ह्याप्पीनेस सेन्टर भुटानका प्रमुख डा. साँगडू क्षेत्री भन्छन्, ‘भुटानका जनता प्रकृतिलाई भगवान मान्छन् । यहाँका थुप्रै पुस्ताका मानिसहरु अहिले पनि एक साथ एकै घरमा प्रकृति प्रति चिन्ता र चासो राख्दै बस्ने गर्छन् ।’भुटानको जीडीपी भारतकोभन्दा कम छ । यद्यपि यहाँका मानिस प्रसन्न, खुशी, सन्तुष्टका साथ प्रकृतिलाई प्रेम गरेर बस्छन् । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । यही सन्दर्भमा भुटान विश्वको सबैभन्दा शान्त, स्वच्छ र खुशी देश कसरी बन्यो ? पाँच कारण बुझौँ ।

१. ७० प्रतिशत जंगल सुरक्षित

भुटानको सबैभन्दा ठूलो शक्ति भनेको जंगल हो । ७० प्रतिशत क्षेत्रमा जंगल रहेको भुटानलाई विश्वकै हरियालीले हराभरा देशको रुपमा चिनिन्छ । यसका साथै विश्वमा सबैभन्दा बढी अक्सिजन भएको देशको रुपमा भुटानले परिचय बनाएको छ । पर्वत, नदी, स्वच्छ पानी तथा हरियाली भुटानको विशेषता हो । यसै कारण भुटान प्रदुषणरहित देश बनेको छ ।

२. २० वर्षदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

प्लास्टिकको प्रयोगमा भुटानले २० वर्ष अगाडि नै प्रतिबन्ध लगाएको थियो । सन् १९९९ मा यहाँ प्लास्टिकको कुनै पनि सामान प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । अझै पनि नेपाल र अन्य थुप्रै देशहरुले प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउन सकेको छैन । तर भुटानले प्लास्टिकको नकारात्मक प्रभाव २० वर्ष अगाडि नै बुझेको देखिन्छ ।

३. धुमपानविरुद्धको कानून बनाउने पहिलो देश

भुटानमा धुमपान तथा सुर्तिजन्य पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध छ । धुमपान विरुद्धको अभियानमा भुटानले गरेको लडाइ निक्कै पुरानो समयदेखि भएको पाइन्छ । सन् १७२९ मा धुमपानसम्बन्धी कानून बनाउने पहिलो देश भुटान भएको मानिन्छ । सन् १९९० सम्म आइपुग्दा यहाँ धुमपानविरुद्धको अभियान सशक्त भएको थियो । सन् २००४ मा भने भुटानले देशभर धुमपान सेवनमा पूर्ण प्रतिबन्ध लगाएको थियो । भुटानमा धुमपान सेवन गर्नु कानूनी हिसाबले सिँधै जेल सजाय हुने छ भने यस अभियोगमा जमानत मिल्ने छैन ।

४. हियाली वृद्धिको कीर्तिमान

वन, जंगलको हरियालीले भरिएको भुटानले यस कार्यमा उल्लेख्य प्रगति गरेको छ । सन् २०१५ मा सामुदायिक वन दिवसको अवसरमा भुटानमा एक सय युवाको एक समूहले एक घण्टामा ४९ हजार ६ सय ७२ बिरुवा रोपेका थिए । सबैभन्दा बढी वृक्षारोपण गरिएको उक्त कार्यपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा यो कीर्तिमान भुटानको नाममा छ । यस पटक पनि पछिल्लो कीर्तिमानलाई तोड्न दश हजार बिरुवा रोपिएका छन् । यस्तै २०१५ मा भुटानका राजा–रानीको पहिलो सन्तान राजकुमार ग्यालसेको जन्मदिनको उत्सव मनाउन हजारौँ मानिसहरुले एक लाख आठ हजार विरुवा रोपेका थिए ।

५. वातावरण दिवसको अवसरमा पैदल दिवस

भुटानले गएको वर्ष विश्व वातावरण दिवसलाई पैदल दिवसको रुपमा मनाउने पहल गरेको थियो । भुटानको यातायात विभाग रोयल भुटान पुलिसको निर्देशनअनुसार देशभरका शहरी क्षेत्रमा यातायात बन्द गरिएको थियो । आपतकालिन सेवाका सवारीसाधन बाहेक अन्यलाई भने उक्त दिन आवतजावतमा प्रतिबन्ध लगाइएको थियो । यसो गर्नुको पछाडि उक्त दिन सबै मानिसहरु आफ्नो कामका लागि पैदल नै हिँडेर जाउँन् भन्ने हो । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र शारीरिक अभ्यासले तन्दुरुस्ती ल्याउने छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  २ : २७ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको