दाँतलाई स्वस्थ्य राख्न के गर्ने ? दाँतमा हुने समस्या र उपचार « Khabarhub

दाँतलाई स्वस्थ्य राख्न के गर्ने ? दाँतमा हुने समस्या र उपचार


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

  • डा. प्रकाश बुढाथोकी

दन्त स्वास्थ्य भनेको दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो । मुख र यस वरपरको अंग– प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो । दन्त स्वास्थ्यमा दाँत, गिजा, ओठ, दाँत बस्ने घरहरु, हड्डी, च्यापु, जिब्रो, जिब्रो मुनिको भाग, दाँत र गाला वा ओठ बीचको भाग र मुख खोल्न वा बन्द गर्न प्रयोग गरिने जोर्नी आदि पर्दछन् ।

यससँग सम्बन्धित नशा, शिराधमनी, विकास, रोग, बनावट इत्यादि प्रत्यक्ष रुपमा दन्त चिकित्सा क्षेत्रमा पर्दछन् भने परोक्ष रुपमा शरीरको सम्पूर्ण अंग– प्रत्यंग प्रणालीहरुको स्वास्थ्य पर्दछ ।

दातसम्बन्धी रोग

मुखका रोगहरु ग्रामीण क्षेत्र तथा शहर बजारमा प्रकोप, प्रकार, किसिममा फरक पर्दछ ।
गामीण क्षेत्रमा रहेका मानिसमा गिजा सम्बन्धी रोग, दाँत खिइने रोग, प्रमुख रुपमा देखा पर्दछ भने शहर बजारमा दाँत किराले खाने, मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरु पर्दछन् ।

तर, दन्त स्वास्थ्यका प्रमुख रोगहरुको कुरा गर्नु पर्दा दन्त सड्न, दन्त हर्षा, पाइरिया, दाँत सिरिंग– सिरिंग गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नु समस्याको रुपमा रहेको छ ।

यी सामान्य रोगहरुबाट गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको ट्युमर भएको, क्यान्सर भएको तथा दन्त अपांग वा थोते भएको पनि त्यतिकै भेटिन्छन् ।

दातलाई स्वस्थ र राम्रो बनाउन के गर्ने ?

रोग लागिसकेपछि रोगको उपचार गर्नु भन्दा रोग लाग्ननै नदिनु अतिनै उत्तम हुन्छ । दाँतको समस्याको कारण दुखाइबाट मुक्त रहन, महंगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोगहरूबाट ग्रसित नहुन प्रणालीमा भएका रोगहरूलाई निको पार्न स्वस्थ दाँत, स्वच्छ मुखनै स्वस्थ जीवनको आधार हो ।

दाँत एवम् मुखको सरसफाई

मुख पनि हाम्रो शरिरको हात जस्तै ब्यस्त अंग हो । यस भित्र असंख्य जिवाणुहरु सक्रिय रहन्छन्, जसमा कुनै हानिकारक त कुनै फाईदाजनक हुन्छ ।  जसरी खाना खानु अघि र पछि हात मुख धुनु जत्ति अनिवार्य छ, खाना खाईसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिनै अनिवार्य हुन्छ ।
दिनको २ पटक बिहान र बेलुका खानापछि तल माथि गरी दाँत सफा गर्ने, संभव भए टुथव्रश नभए दतिवन र फ्लोराइड भएको दन्तमंजन प्रयोग गरी दाँतका सबै सतहहरु सफा गर्ने । खाना खानासाथ मुख कुल्ला गर्ने बानी बसाल्नुर्प ।

खानेकुरामा नियन्त्रण

टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगर्दा दाँतलाई स्वास्थ्य राख्न सकिन्छ । भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अकुराउ“दै गरेका अन्नबाली, मूला, गाजर, बन्दागोबी, सकरखण्ड जस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गर्नु दाँतका लागि उत्तम मानिसन्छ । साथ रेशादार, ताजा फलफुल, दुध, माछा जस्ता सन्तुलित खानाको प्रयोगले पनि दाँतलाई स्वास्थ्य राख्छ ।

नियमित रूपमा दन्त परीक्षण 

दाँत दुख्न गिजाबाट रगत आउनु मात्रै दाँतको समस्या होइन, दाँत नदुखेको र गिजाबाट रगत नआएको बखत पनि दन्त समस्या हुन सक्छ । त्यसैले प्रत्यक्ष ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण संभव हुन्छ ।  बालक तिन बर्ष पुगेपछि दन्त परिक्षण गराउन शुरु गर्नु पर्दछ र त्यस पछि नियमित रुपमा ६/६ महिनामा दन्त परीक्षण गराउने बानी बसाल्नु पर्दछ ।

(वीर अस्पतालका बरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. प्रकाश बुढाथोकी नेपाल सरकारका मुख स्वास्थ्य प्रमुख हुन्।)

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ०४ बजे

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।