फिल्म रिभ्यू– यस्तो छ सलमानको फिल्म भारत « Khabarhub

फिल्म रिभ्यू– यस्तो छ सलमानको फिल्म भारत


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजबाट रिलिज भएको सलमान खानको फिल्म भारतको फिल्म क्षेत्रमा चर्चा चलिरहेको छ ।

अली अब्बास जफर र सलमान खानको जोडि अहिलेसम्म बक्स अफिसमा सफतामा पुग्ने गरेको छ । यसैकारण ‘सुल्तान र ‘टाइगर जिन्दा है’ जस्ता व्ल्क बास्टर फिल्म दिएपछि यो जोडिले इदको अवसर पारेर फ्यानको मन जित्नका लागि इमोशन्स र पारिवारिक मूल्यबाट सजिएको फिल्म ‘भारत’ ल्याएका छन् ।

फिल्म केही लामो र ८० को दशकको कथामा बनेको छ । तर सलमानका फ्यानलाई उनको युवाअवस्थादेखि लिएर ७० वर्षको वृद्धको रुप हेर्ने अवसर प्राप्त हुने छ ।

फिल्म फ्यासब्याकबाट शुरु हुन्छ । जहाँ ७० वर्षका भारत(सलमान खान) आफ्ना परिवारसँग अटूट बन्धनमा बाँधिएका हुन्छन् । परिवारका साथ आफ्नो जन्मदिन मनाउन लागेको बेला कथा फ्ल्यास व्याकमा जान्छ ।

यो १९४७ को विभाजनको् त्रासदी को बेला हो र त्यसआगोमा भारत आफ्नो स्टेशन मास्टर पिता( जेके श्राफ) तथा बहिनीसँग विछोडिसकेका हुन्छन् । तर छुटिनुभन्दा पहिला भारतले आफ्नो बुवालाई बचन दिएका थिए कि जबसम्म बुवा फिर्ता हुँदैनन् तबसम्म आमा (सोनाली कुलकर्णी), आफ्नो सानी बहिनी र भाइको हेरचाहा गर्नेछन् ।

त्यसपछि १९४७ देखि लिएर २०१० सम्म आफ्नो परिवारको आवश्यकताका लागि उनी चोरी, ‘मौतका कुवा’ मा मोटरसाइकल चलाउने, पसल चलाउने, अरब गएर तेल निकाल्ने, समुन्द्र गएर गएर ज्यान जोखिममा राख्ने जस्ता काम गर्छन् । उनलाई जागिर दिने बोल्ड एण्ड व्युटिफुल युवती सरजी (कटरीना कैफ)ले प्रेम प्रस्ताव राख्छिन् र विवाहको प्रसताव गर्छिन् ।

तर परिवारको बन्धनमा बाँधिएका भारतले कटरिनासँग विवाह गर्न अस्वीकार गर्छन् । त्यसपछि विन्दास हिरोइन कटरिना सलमानको घरमा आएर लिभ इन रिलेशनमा बस्ने अनुमति माग्छिन् । भारतको जिन्दगीको लामो यात्रामा वेलायती खान (सुनील ग्रोबर) बाल्यकालदेखि बुढेसकालसम्म भारतको सुख दुःखको साथी बन्छन् ।

कथामा विजानको समयमा भारत पाकिस्तानमा यताउता भएका मानिसलाई मिलाउने पहल र शहरीकरण तथा तस्करीको नाममा पसलमा तोडफोड गरेर बनाइने ट्रक पनि रहेको छ । यसको निर्देशक अली अब्बास जफरले निकै मिहेनत गरेका छन् । उनले सलमान भाइको बर्षौदेखि बनेको परिवार प्रेमी तथा हिरोइक छवीलाई विगार्ने प्रयास गरेका छैनन् ।

फिल्मको केही हिस्सा धेरै रमाइला छन् । तर केही चरित्र र घटनाक्रमले फिल्मले आफ्नो पकड गुमाउन खोजेको जस्तो भान हुन्छ ।
फिल्ममा वर्तमान र अतीतको ग्याप रहेको छ जसले फिल्मको कथाको प्रवाहलाई बीचबीचमा रोक्छ ।

यसका बाबजुद भावनात्मकतालाई फिल्मले छोड्दैन ।फिल्मको समय कम भएको भए राम्रो हुने थियो तर ६५–७० वर्षको लामो दौड देखाउनुपर्ने बाध्यता भएका कारण निर्देशकले यति समय लिएको फिल्म हेर्दा थाहा हुन्छ ।

मार्सिन लास्काविसको सिनेमटोग्राफी निकै राम्रो छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ३ : ५० बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा