आईएलओको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री र श्रममन्त्री जेनेभा जाँदै « Khabarhub

आईएलओको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री र श्रममन्त्री जेनेभा जाँदै


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को वार्षिक कार्यक्रममा सहभागी हुन आगामी शनिवार प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाने भएका छन् ।

प्रधानमन्त्री ओलीसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट पनि जाने कार्यक्रम रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ । आइएलोको कार्यक्रम जेनेभामा एक हप्तासम्म चल्ने छ ।  भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपाली श्रमिकका अवस्था र रोजगारदाता देशसँग नेपाली श्रमिकका विषयमा छलफल गर्ने तथा कार्यक्रम रहेको छ ।

जेनेभामा प्रधानमन्त्री ओलीले मोरिसस र युएईसँग श्रम समझदारीमा दुईपक्षीय हस्ताक्षर गर्ने योजना समेत रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ । तर, यो विषयमा स्रोत देशसँग छलफल भइरहेको श्रम मन्त्रालयले जनाएको छ । युएईसँग सवै प्रक्रिया पुरा गरेर श्रम सम्झौतामा गर्ने मात्र बाँकी रहेको छ ।

अफ्रिकी र युएईसँग बैदेशिक रोजगारीको लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने मिति तय भएको श्रम मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली अन्य रोजगारदाता देशसँग पनि नेपाली श्रमिकको सेवा सुविधा लगायतका विषयमा छलफल गर्ने मिति तय गरेको जनाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ०५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी