आईएलओको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री र श्रममन्त्री जेनेभा जाँदै « Khabarhub

आईएलओको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री र श्रममन्त्री जेनेभा जाँदै


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को वार्षिक कार्यक्रममा सहभागी हुन आगामी शनिवार प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाने भएका छन् ।

प्रधानमन्त्री ओलीसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट पनि जाने कार्यक्रम रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ । आइएलोको कार्यक्रम जेनेभामा एक हप्तासम्म चल्ने छ ।  भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपाली श्रमिकका अवस्था र रोजगारदाता देशसँग नेपाली श्रमिकका विषयमा छलफल गर्ने तथा कार्यक्रम रहेको छ ।

जेनेभामा प्रधानमन्त्री ओलीले मोरिसस र युएईसँग श्रम समझदारीमा दुईपक्षीय हस्ताक्षर गर्ने योजना समेत रहेको श्रम मन्त्रालयले जानकारी दिएको छ । तर, यो विषयमा स्रोत देशसँग छलफल भइरहेको श्रम मन्त्रालयले जनाएको छ । युएईसँग सवै प्रक्रिया पुरा गरेर श्रम सम्झौतामा गर्ने मात्र बाँकी रहेको छ ।

अफ्रिकी र युएईसँग बैदेशिक रोजगारीको लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने मिति तय भएको श्रम मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली अन्य रोजगारदाता देशसँग पनि नेपाली श्रमिकको सेवा सुविधा लगायतका विषयमा छलफल गर्ने मिति तय गरेको जनाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ५ : ०५ बजे

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन