खानेपानीको धारामा २२ घन्टा ताला « Khabarhub

खानेपानीको धारामा २२ घन्टा ताला


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यो नियम रामेछापको मन्थली नगरपालिका–६ सिम्पानी गाउँको हो। २९ घरधुरी रहेको गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले नै यस्तो नियम बनाएका हुन्। गाउँको तीनधारा पँधेरामा ट्यांकी निर्माण गरिएको छ। रातभर र दिनभर धारामा ताल्चा मारेर पानी जम्मा गरिन्छ।

बिहान ४ देखि ६ बजेसम्म दुई घन्टा मात्रै ताल्चा खोलेर पानी थापिन्छ। प्रत्येक घरले एक गाग्रीका दरले पानी थाप्दा पालो नआउनेले भोलिपल्टसम्म कुर्नुपर्छ। स्थानीय चेतबहादुर श्रेष्ठका अनुसार यो अहिलेको होइन, १४ वर्षदेखिको नियति हो। कुनै घरमा विवाह हुँदा वा मृत्यु हुँदा मात्रै थप दुई घन्टा धारो खोलिने गरेको नयाँ पत्रिकामा खबर छ ।

कसैले रातभर पानी भरेर रित्याउने, कसैले एक थोपो पनि नपाउने अवस्था आएपछि सहमतिमै ताल्चा ठोक्ने नियम राखिएको स्थानीय दुर्गा श्रेष्ठले बताइन्। तर, एक गाग्री पानीले कुनै घरको पनि गुजारा चल्दैन। एक परिवारलाई दैनिक १०–१५ गाग्री चाहिन्छ। त्यसैले थप पानी लिन दुई घन्टा हिँडेर तल कमेरे खोलामा पुग्छन् गाउँले। तर, खोलाको पानी धमिलो र सानो छ। दुई–तीन घन्टासम्म पालो कुरेर ल्याउनुपर्छ। पैसा हुनेहरू भने ट्याक्टरमा बोकाएर ल्याएको पानी किनेर गुजारा चलाउँछन्।

पानीको हाहाकार भएपछि सिम्पानीका धेरैले घरका बस्तुभाउ पनि बेचेका छन्। कतिपयले एक–एक गोरु पालेर जोत्ने वेला हल मिलाउने गरेका छन्। पानीकै दुःखले धेरै घर यहाँबाट बसाइँ सरिसकेको चेतबहादुरले सुनाए।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : २३ बजे

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको