नेपाल सिंगापुरसँग भिड्दै, समूह बिजेता हुने लक्ष्य « Khabarhub

नेपाल सिंगापुरसँग भिड्दै, समूह बिजेता हुने लक्ष्य


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आज सिंगापुरविरुद्ध मैदान उत्रदै गर्दा नेपालको लक्ष्य समूह विजेता बन्नु हुनेछ ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने प्रयासमा हुनेछ । जसका लागि साविकको विजेता समेत रहेको नेपालले सिंगापुरलाई पराजित गर्नु पर्ने हुन्छ ।

अघिल्लो खेलमा ६ विकेट लिएका सागर ढकालको प्रर्दशन सिंगापुरविरुद्व हेर्न लायक हुनेछ । चीनले दिएको ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा विस्फोटक ब्याटिङ गरेका पवन सरार्फ र रित गौतमको ओपनिङ जोडीको समेत बास्तविक परिक्षण हुनेछ ।

सिंगापुर पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : ५७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति