ख्याल गर्नुहोस्! मुखमा फोहोर कुहिए श्वास गनाउँछ « Khabarhub

ख्याल गर्नुहोस्! मुखमा फोहोर कुहिए श्वास गनाउँछ


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानव स्वास्थ्यमा ख्याल गर्नु पर्ने कुरा धेरै छन्। सामान्य असावधानी कै कारण यस्ता समस्या पनि बढाउने गरेका छन्।

यही समस्या मध्येको एक हो श्वासप्रश्वास गनाउने समस्या । ठूला सभा समारोह तथा गेटटुगेदरमा जाँदा धेरै व्यक्ति टाढा एकान्तमा बस्ने गर्छन्। मुख र श्वास गनाउने समस्याका कारण समूहमा घुलमिल हुन नसक्ने अवस्था पनि आउँछ ।

श्वास पेटमा हुने खराबीका कारण गन्हाउँछ । अर्को कारण हो मुखको सफाइ । मुख गन्हाउने अधिकांश समस्या मुख, गिंजा र दाँतकै समस्याबाट सिर्जित हुन्छन् । हामीले खाएका खानेकुरालाई दाँतले टुक्रा–टुक्रा पार्छ र जिब्रोले पन्यूले जसरी चलाएपछि र्‍यालले मुलायम बनाएर निल्न सहयोग गर्छ।

दाँतले त्यसरी खानेकुरालाई टुक्रा-टुक्रा पार्दा दाँतको चेप-चेपमा खानेकुरा अड्किन्छ। त्यसलाई समयमै निकाल्न सकिएन भने हाम्रो भान्साको फोहोर जसरी नै कुहिन्छ र गन्ध फ्याँक्न थाल्छ । त्यही गन्ध नै धेरैको समस्या बन्ने गरेको छ ।

जिब्रोको बाहिरी भागमा टासिने फोहोरका कारण पनि दाँत गन्हाउने समस्या देखा पर्दछ । यसका लागि पनि सरसफाइ नै उपयुक्त बिधि हो। बंगारातिरको दुई दाँतबीचमा ठुलो चेप छ भने पनि त्यहाँ खाना अड्किन्छ। त्यो समयमै निकाल्न सकिएन भने कुहिन्छ र गन्हाउँछ ।

किराले दाँत खाएको छ भने त्यस्ता व्यक्तिको पनि श्वास गन्हाउँछ । दाँत किराले खाएर ठूलो ढाँड बनिसकेका हुन्छन् । त्यो ढाँडमा नजानिँदो पाराले अड्किएका खानेकुरा लामो समयसम्म बसेर गन्ध निकाल्न मद्दत गरिरहेको हुन्छ ।

खैनी, चुरोट आदिको लतका कारणले पनि मुख गन्हाउन सक्छ । लसुन, प्याजजस्ता खानेकुराले पनि श्वास गन्हाउने गर्दछ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १० : १९ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,