पूर्वमन्त्री धमलासहित तत्कालीन नयाँ शक्तिका २० नेता–कार्यकर्ता नेकपा प्रवेश | Khabarhub Khabarhub

पूर्वमन्त्री धमलासहित तत्कालीन नयाँ शक्तिका २० नेता–कार्यकर्ता नेकपा प्रवेश


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री तथा तत्कालीन नयाँ शक्ति नेपाली पार्टीकी नेतृ कल्पना धमला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेकी छन् ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकीकरणपछि सम्मानजनक भूमिका नदिइएको भन्दै असन्तुस्ट रहेकी धमला शुक्रबार नेकपा प्रवेश गरेकी हुन् ।

धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, महिला संगठनकी केन्द्रीय संयोजक मनु हुमागाईं गरी २० जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल (प्रचण्ड)ले तत्कालीन नयाँ शक्ति छाडेका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : ४७ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन