मलेसियाले छान्यो नेपालमा स्वास्थ्य परीक्षण गर्ने ९९ मेडिकल (सूचीसहित) | Khabarhub Khabarhub

मलेसियाले छान्यो नेपालमा स्वास्थ्य परीक्षण गर्ने ९९ मेडिकल (सूचीसहित)


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलको छनोट भएको छ ।

मलेसिया सरकारले नेपालबाट कामदार लिदाँ आवश्यक पर्ने मापदण्ड पुरा गर्ने संस्थालाई छनोट गरी नामवाली उपलब्ध गराएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले २ सय ९० वटा मेडिकलको नामवाली मलेसिया पठाएको थियो । जसमध्ये ९९ वटा मेडिकल संस्था मलेसियाले छनोट गरेर नामावली पठाएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै स्वास्थ क्षेत्रमा देखिएको सिन्डिकेट तोडिएको छ ।

मलेसिया जाने कामदारको विगतमा ३८ वटा मेडिकलले मात्र स्वास्थ्य परीक्षण गराउँदै आएका थिए ।

गत वर्ष जेठमा मलेसिया जाने कामदार माथि आर्थिक भार थप्दै आएका विभिन्न सस्था बन्द गरेपछि मलेसिया रोजगारीका लागि कामदार जाने प्रक्रिया नै बन्द थियो ।

स्वास्थ्य तथा अन्य प्रक्रियाका विषयमा कुरा नमिलेपछि कात्तिक १२ गते श्रम सम्झौता भएपनि रोजगारीका लागि मलेसियाको जाने प्रकृया खुलेको छैन ।

मलेसिया स्वास्थ्य परीक्षण गराउने संस्थाको नामवाली उपलब्ध गराएपछि अब मलेसियाको रोजगारी खुल्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : १४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड