मलेसियाले छान्यो नेपालमा स्वास्थ्य परीक्षण गर्ने ९९ मेडिकल (सूचीसहित) « Khabarhub

मलेसियाले छान्यो नेपालमा स्वास्थ्य परीक्षण गर्ने ९९ मेडिकल (सूचीसहित)


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलको छनोट भएको छ ।

मलेसिया सरकारले नेपालबाट कामदार लिदाँ आवश्यक पर्ने मापदण्ड पुरा गर्ने संस्थालाई छनोट गरी नामवाली उपलब्ध गराएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले २ सय ९० वटा मेडिकलको नामवाली मलेसिया पठाएको थियो । जसमध्ये ९९ वटा मेडिकल संस्था मलेसियाले छनोट गरेर नामावली पठाएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै स्वास्थ क्षेत्रमा देखिएको सिन्डिकेट तोडिएको छ ।

मलेसिया जाने कामदारको विगतमा ३८ वटा मेडिकलले मात्र स्वास्थ्य परीक्षण गराउँदै आएका थिए ।

गत वर्ष जेठमा मलेसिया जाने कामदार माथि आर्थिक भार थप्दै आएका विभिन्न सस्था बन्द गरेपछि मलेसिया रोजगारीका लागि कामदार जाने प्रक्रिया नै बन्द थियो ।

स्वास्थ्य तथा अन्य प्रक्रियाका विषयमा कुरा नमिलेपछि कात्तिक १२ गते श्रम सम्झौता भएपनि रोजगारीका लागि मलेसियाको जाने प्रकृया खुलेको छैन ।

मलेसिया स्वास्थ्य परीक्षण गराउने संस्थाको नामवाली उपलब्ध गराएपछि अब मलेसियाको रोजगारी खुल्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : १४ बजे

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्