ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्न हुँदैन– नेकपा नेता शर्मा « Khabarhub

ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्न हुँदैन– नेकपा नेता शर्मा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले योग्यतम सचिवलाई मुख्य सचिव बनाउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान पनि दोहोर्याए ।

नेता शर्माले ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानुनी व्यवस्था मान्य नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १ : ४२ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे