ब्ल्याक ‘ड्रेसअप’ मा यस्ती देखिइन् वर्षा (फोटो फिचर) « Khabarhub

ब्ल्याक ‘ड्रेसअप’ मा यस्ती देखिइन् वर्षा (फोटो फिचर)


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नायिका वर्षा शिवाकोटी अभिनित फिल्म ‘वीर विक्रम २’ हालै प्रदर्शनमा आएको थियो । यो फिल्मले खासै सफलता हात गर्न नसके पनि केन्द्रीय भूमिकामा अभिनय गरेकी वर्षाको राम्रै तारिफ भयो ।

फिल्ममा उनी अभिनेता पल शाह र नाजिर हुसेनसँग देखिएकी थिइन् । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका थिए । फिल्म असफल भए पनि वर्षाले सामाजिक सञ्जालमार्फत निर्देशक चाम्सको खुबै खुलेर तारिफ गरिन् ।

त्यसो त मिडियामा वर्षा र मिलन प्रेममा रहेको भन्ने गसिप पनि चलिरहन्छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने वर्षा पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय छिन् । यतिबेला उनका हातमा कुुनै फिल्म छैनन् ।
हालै वर्षाले फुर्सदको समयको सदुपयोग गर्दै तस्वीरहरु शेयर गरेकी छिन् । ती तस्वीरमा वर्षा क्युट देखिएकी छिन् ।

कालो पोशाकमा सजिएकी वर्षालाई फ्यानले खुबै सुहाएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा खासै प्रगति गर्न नसके पनि फिल्म बहसमा भने चासो राख्ने वर्षाले सामाजिक सञ्जालमा शेयर गरेका यी तस्वीरहरु हेरौँ:

 

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ०७ बजे

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको