मेरो रिसले भए पनि मास्क लगाइदिनुस्– प्रधानमन्त्री ओली « Khabarhub

मेरो रिसले भए पनि मास्क लगाइदिनुस्– प्रधानमन्त्री ओली


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नैका लागि कतिपयले मास्क लगाउन थालेको आरोप लागाएका छन् ।

पूर्व नयाँ शक्ति पार्टीका नेताहरुलाई नेकपामा भित्र्याउँदै प्रधानमन्त्री ओलीले सरकारको विरोधका लागि नै केही मानिसले सम्झिएर मास्क लगाउन थालेको बताएका हुन् ।

‘मास्क लगाउनुपर्छ भनेर केहीले सम्झेर मास्क लगाउन थालेका छन्, सरकारको विरोधका लागि। मेरो शुभकामना छ, मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ। मेरो रिसले भए पनि मास्क लगाइदिनुस्’  ओलीले भने ।

केही दिन अघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा अहिले मास्क लगाउने अवस्था नरहेको भनेपछि सामाजिक सञ्जालमा यसको अलोचना भइरहेको थियो ।

विपक्षीले आलोचना गर्नु स्वभाविक भएको ओलीको भनाइ थियो । चुनाव पनि जित्न नपाउनु र आलोचना पनि गर्न नपाउनु उपयुक्त नहुने ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकारले आयोजना गर्न स्वीकृति दिएको आईफा अवार्डको विरोध भएकोमा पनि असन्तुष्टि व्यक्त गरे । २० लाख पर्यटक भित्र्यान सरकारले योजना बनाएको भएपनि अनावश्यक हल्ला चलाइएको उनको दाबी थियो । थोरै लगानीमा धेरै प्रतिफल पाउने गरि निर्णय गरिएको भएपनि अर्बौ खर्र्च भनेर हल्ला गरिएको उनको भनाइ थियो ।

प्रधामन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले नेकपा सबैलाई स्वागत गर्न तयार रहेको बताए । उनी भन्दा पहिला बोलेका प्रचण्डले डा. बाबुराम भट्टराईलगायत नेकपामा आउनुपर्ने बताएका थिए । त्यसमा थप गर्दै ओलीले भट्टराई मात्र नभएर फोरम र अन्यत्र अलमलिएका नेतालाई पनि पार्टीमा आउन आह्वान गरे ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ०५ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल