२० लाख पर्यटक भित्र्याइने लक्ष्य पूरा हुन नदिन आइफाको विरोध भयो–प्रधानमन्त्री « Khabarhub

२० लाख पर्यटक भित्र्याइने लक्ष्य पूरा हुन नदिन आइफाको विरोध भयो–प्रधानमन्त्री


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रम मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धूम्रबाराहीमा शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अनुकूल स्थिति भयो भने मात्र कार्यक्रम आयोजना गर्ने दिइने बताउँदै भने‘‘ देशलाई घाटा पारेर होइन नाफा हुने गरी हामी आयोजना गर्न दिन्छौँ । भएन भने त्यसलाई आयोजना गर्न दिँदैनौ ।’’

उनले आइफा अवार्ड मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आयोजना स्वीकृत दिने भन्ने कुरा भएको उल्लेख गर्दै भने, ‘‘सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावा कुराहरु चलाइएका छन् । सरकारले गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’’उनले आगामी वर्ष २० लाख पर्यटक भित्र्याइने लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिनका लागि अहिले आइफा अवार्डको हल्ला चलेको बताए ।

यहाँ विकास विरोधी तत्व रहेकाले ठूला आयोजनालाई अवरोध गरिरहेका छन् भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता षड्यन्त्रलाई निस्तेज पार्दै आयोजना समयमा नै सम्पन्न गरिने दृढता व्यक्त गरे ।

पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी समेत दिइने उनको भनाइ थियो । उनले दुई वटा पार्टीका पृथक पृथक धार भएकाले पार्टी एकतामा केही विलम्ब भएको बताए ।। ‘‘एकता टुङ्ग्याउनका लागि केही कमजोरी रहेको छ’’ उनले भने ‘‘ एकता विलम्ब उपयुक्त छैन । यस महिनाभित्र पार्टी एकताको काम सक्दै कार्यविभाजनसमेत गरिने छ ।’’ उनले नेकपा विशाल नदी भएकाले यसबाट केही भङ्गालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताए ।

प्रधानमन्त्री ओलीले दुई तिहाइ ओगटेको नेकपामा बाबुराम भट्टराई मात्र हैन सिङ्गै समाजवादी पार्टी पनि अट्नसक्ने बताए । कार्यक्रममा तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री कल्पना धमला, नेता देवेन्द्र पराजुली, भूमि देवकोटा, गुणाखर भुसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : ४७ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा