अमेरिकामा सैनिक परेड आयोजना « Khabarhub

अमेरिकामा सैनिक परेड आयोजना


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकमा स्वतन्त्रता दिवसका दिन बिहीबार राजधानी वाशिंटन डीसीमा सैनिक परेड आयोजना गरिएको छ ।

राजधानी डीसीको लिंकन स्मारकमा ‘सल्यूट टू अमेरिका’ नाम दिइएको परेडमा लडाकु विमान, सैनिक र दुई अब्राहम ट्यांकले कौशल देखाएका थिए । त्यस्तै, परेडमा आतिसबाजी र साङ्गीतिक प्रस्तुती पनि राखिएको थियो ।

निलो, रातो र सेतो रंगमा सजिएका हजारौं सहभागी परेडलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाका बहादुर महिला र पुरुषलाई सम्मान प्रकट गरेको जनाएका छन् । उनले अमेरिकाको स्वतन्त्रता र अपूर्व विशेषताको समेत चर्चा गरे ।

विपक्षीले भने उक्त परेडबाट राष्ट्रपतिले राजनीतिक फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । डेमोक्रयाटिक पार्टीका नेताहरु सहित उनको आफ्ने रिपब्लिकन पार्टीका केही नेताहरुले समेत ट्रम्पको सैनिक परेडको आलोचना गरेका हुन् । उनीहरुले ट्रम्पले राष्ट्रिय दिवसलाई आफ्नो फाइदाको लागि उपयोग गरेको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ४ : ०४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच