एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक « Khabarhub

एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय गरेका हुन् ।

सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् । यही असार १२ गते नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वाणिज्य बैंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाभिनका लागि उपयुक्त सहयात्री खोज्न आग्रह गरेका थिए ।

वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि राष्ट्र बैंकले बिहीबारसम्मको समयसीमा दिएको थियो । बिहीबार मात्रै विभिन्न सात वाणिज्य बैंकले गाभिनसक्ने विषयमा राष्ट्र बैंकलाई आशयपत्र बुझाएका थिए । राष्ट्र बैंकले दिएको समयसीमाभित्रै एकापसमा गाभिने निर्णय दुई बैंकले गरेका हुन् । राष्ट्र बैंकका गभर्नर डा नेपालकै शब्दमा ग्लोबल आइएमई र जनता बैंकको बीचमा ‘लभ’ परेको छ ।

एकापसमा गाभिने सहमतिपछि ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले सरकारको नीतिअनुसार दुई बैंक एकापसमा मिल्न लागेको जानकारी दिए । उनका अनुसार ग्लोबल आइएमई बैंकको १०० कित्ता शेयर बराबर जनता बैंकको ८५ कित्ता शेयर हुने गरी ‘स्वाप रेसियो’ तय गरिएको छ । सहमतिअनुसार गाभिएर बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बैंक नै रहनेछ । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका हालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री नै रहनेछन् । यस्तै ग्लोबल आइएमई बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश ढकाललाई उचित जिम्मेवारी दिइनेछ ।

नयाँ सञ्चालक समिति सात सदस्यीय बनाइनेछ । त्यसमा ग्लोबल आइएमईका तर्फबाट पाँच र जनता बैंकका तर्फबाट दुई जना रहनेछन् । दुई बैंक मिलेपछि सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्ने जानकारी दिँदै अध्यक्ष ढकालले भने “कूल चुक्ता पूँजी मात्रै रु १८ अर्ब बराबरको हुनेछ ।” यस्तै रिजर्भसमेत गरी कूल रु २५ अर्ब बराबरको हिस्सा पुग्नेछ ।

हाल ग्लोबल आइएमई बैंकको कूल चुक्ता पूँजी रु १० अर्ब ३१ करोड रहेको छ । यस्तै जनता बैंकको रु आठ अर्ब सात करोड चुक्ता पूँजी रहेको छ । गत चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकले रु एक खर्ब १६ अर्ब निक्षेप सङ्कलन गरेको थियो । यस्तै जनता बैंकको रु ७० अर्ब निक्षेप रहेको छ । एकापसमा गाभिएपछि बैंकको निक्षेप मात्रै रु एक खर्ब ८७ अर्ब पुग्नेछ ।

वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउनुपर्नेमा अर्थमन्त्री डा युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा नेपालले जोड दिँदै आएका छन् । हाल वाणिज्य बैंकको सङ्ख्या २८ रहेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ४ : ३५ बजे

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को