हरेक कम्पनीका ब्लेडको डिजाइन एउटै राख्ने चलन कसरी शुरु भयो ? « Khabarhub

हरेक कम्पनीका ब्लेडको डिजाइन एउटै राख्ने चलन कसरी शुरु भयो ?


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा दारी काट्न वा कपाल काट्नको लागि विभिन्न कम्पनीका ब्लेडहरु पाइन्छन् । तर, सबै कम्पनीको ब्लेडको बीचमा एउटै किसिमको डिजाइन बनेको हुन्छ । आखिर किन बनाउछन् त सबै कम्पनीले एउटै किसिमको डिजाइन ?

१९०१ मा जिलेट कम्पनीक संस्थापक, किङ्ग क्याम्प जिलेटले आफ्ना सहयोगी विलयम निकर्सनसँग मिलेर ब्लेडको डिजाइन गरेका थिए र त्यही सालबाट ब्लेडको औपचारिक उत्पादन शुरु गरियो ।

शुरुमा जिलेट मात्र यस्तो कम्पनी थियो जसले ब्लेड र ब्लेड राख्ने रेजरको निर्माण गरेको थियो । त्यो समयमा नटबोल्टको मद्दतले रेजरमा ब्लेडलाई फिट गरिन्थ्यो । त्यो समयमा नै ब्लेडमा यस्तो किसिसमको डिजाइन बनाइएको थियो । बिस्तारै जिलेट कम्पनीको कारोबार बढ्दै गयो । त्यसपछि अरु कम्पनीहरु पनि आउन थाल्यो । तर अरु कम्पनीहरुले नयाँ डिजाइन नबाई पुरानै डिजाइनलाई अनुसरण गर्न थाले ।

त्यो समयमा जिलेटमात्र एउटा यस्तो कम्पनी थियो जसले रेजर पनि बनाउँथ्यो । अरुले नयाँ डिजाइनको ब्लेड बनाए पनि त्यो ब्लेड रेजरमा फिट नहुने भएपछि किङ्ग क्याम्पको बनाएको उक्त डिजाइन नै अहिलेसम्म अनुसरण गर्दै आइएको छ । त्यसकारण आज पनि हरेक ब्लेडको डिजाइन एकै किसिमको हुन्छ ।

किङ्ग क्याम्पलाई ब्लेड बनाउने आइडिया कहाँबाट आयो भन्ने पनि महत्वपूर्ण हुनसक्छ । १८९० मा किङ्ग क्याम्प एउटा बिर्को बनाउने कम्पनीमा काम गर्थे । बोत्तलको प्रयोग गरिसकेपछि बिर्को फ्याँकेको देखेपछि उनलाई एकदमै दुख लाग्यो । त्यसपछि उनले त्यसलाई संकलन गरेर ब्लेड बनाउतर्फ लागे ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ६ : ०७ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा