क्यान्सर रोगबारे भ्रम र यथार्थ : १० विशेषज्ञ चिकित्सक यसो भन्छन् | Khabarhub Khabarhub

क्यान्सर रोगबारे भ्रम र यथार्थ : १० विशेषज्ञ चिकित्सक यसो भन्छन्


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी सम्मेलन आयोजना गरिएको छ ।

‘नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजी’ले दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको पहिलो दिनको सम्मेलनमा पत्रकारहरुसँग अन्तक्रिया गरिएको हो ।

सम्मेलनमा नेपाल, भारत लगायत मुलुकका क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहेको छ । कार्यक्रमको पहिलो चरणमा क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुले क्यान्सर रोगको विषयमा समाजमा रहेको भ्रम र यथार्थको विषयमा छलफल गरेका छन् ।

कार्यक्रम सगरमाथा टेलिभिजन र खबरहब डटकमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । दुई दिने सम्मेलन शनिबार समापन हुनेछ । क्यान्सर रोगका विषयमा समाजमा देखिएका भ्रम र यथार्थबारे विशेषज्ञ चिकित्सक कस्ले के भने ?

डा भोला रौनियार (वरिष्ठ मेडिकल अंकोलोजिस्ट)

क्यान्सर लाग्ने वित्तिकै बिरामीको मृत्यु हुन्छ भन्ने बिरामी र बिरामीको परिवारमा एक किसिमको भ्रम हुन्छ । के क्यान्सर हुने वित्तिकै मानिसको मृत्यु हुन्छ ? यस्तो भन्छन् डाक्टर रौनियार–

धेरैजसो क्यान्सरका बिरामी र उनका आफन्तले उपचारका लागि अस्पतालमा आउँदा सबैभन्दा पहिले सोध्ने प्रश्न यही हो । हाम्रो आफन्तलाई क्यान्सर भयो अब उनीहरु बाँच्छन् कि बाच्दैनन् भनेर पहिलो प्रश्न गर्नुहुन्छ । कति समय बाँच्छन् ? नबाँच्ने भए किन उपचार गर्नु समेत भन्नुहुन्छ । हामी भन्छौं क्यान्सर निको हुन्छ ।

केही त्यस्ता रोगहरु सुगर, प्रेसर, मधुमेह निको हुँदैनन् । तर, क्यान्सरको समयमै उचपाचर गरे निको हुने रोग हो । क्यान्सरको शुरुको अवस्थामा पहिचान भएमा यो रोग निको हुन्छ । नेपालमा मिर्गौला, फोक्सो, मुख, स्तन आन्द्राका क्यान्सर भएका रोगीहरु धेरै जसो अस्पताल आउने गर्छन् । यस्ता क्यान्सरको समयमै पहिचान भएमा पूर्ण रुपमा ठिक हुन्छ । क्यान्सर लाग्दैमा मृत्यु भइहाल्दैन । क्यान्सर लाग्ने वित्तिकै मरिन्छ भन्नु भ्रम हो ।

डा मदन पिया ( वरिष्ठ मेडिकल अंकोलोजिस्ट)

५ देखि १० प्रतिशत व्यक्तिको वंशाणुगत कारणले क्यान्सर हुने सम्भावना रहन्छ । तर परिवारमा कोही व्यक्तिमा क्यान्सर छ भने उसमा क्यान्सर हुने सम्भावना अधिक हुन्छ । तर खानपान र अन्य कारणले पनि क्यान्सर हुन्छ । त्यसैले समय समयमा क्यान्सर छ वा छैन भनेर परीक्षण गराउनुपर्छ ।

आर्टिफिसिलय गुलियो वस्तु र रंग प्रयोग गर्दा पनि क्यान्सर हुन सक्छ । कुनैपनि आर्टिफियल वस्तु तथा लामोसमयसम्म सिसाको भाँडोमा राखिएको अचारले समेत क्यान्सरको सम्भावना बढाउँछ । प्रकृतिमा नपाईने खाद्यवस्तु कृतिम रुपमा बनाएर प्रयोग गर्दा शरीरले पचाउन सक्दैन जसले शरीरलाई असर पर्छ । त्यसैले सम्भव भएसम्म यस्ता वस्तु नखानु नै राम्रो मानिन्छ ।

विद्युतीय नाशालु पदार्थ तथा गुड्खा, रुपारी आदिमा हुने निकोटिन र रसायनले पनि क्यान्सर हुन्छ । होटल तथा कफी पसलमा हुने हुक्का तथा ‘भेप’को प्रयोगले क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एक घण्टासम्म भेप प्रयोग गर्नु १ सय खिल्ली चुरोट खाए बराबर हानी पुर्‍याउँछ । यसबाट फोक्सो, पिसाव थैली र मुखको क्यान्सर हुन्छ । रमाइलोका लागि यस्ता पदार्थ प्रयोग गर्नु क्यान्सर रोग हुने खतरा बढाउनु हो ।

डा विष्णुदत्त पौडेल ( वरिष्ठ मेडिकल अंकोलोजिस्ट)

शहर–बजारमा प्लास्टिकमा राखिएको बेकरी आइटमहरु माइक्रोवेभ ओभनमा तताएर खाने चलन पनि बढ्दो छ । प्लास्टिक जल्नेगरी तताउँदा क्यान्सरको सम्भावना बढी रहन सक्छ । प्लास्टिकमा राखेका खानेकुरा खाने वित्तिकै क्यान्सर भइहाल्ने होइन तर सकेसम्म प्रयोग नगर्दा राम्रो । ब्रोफिनको प्रयोग क्यान्सरका विरामीलाई प्रयोग गर्न हुन्छ वा हुँदैन ।

डा पुर्भिस पारिख (वरिष्ठ मेडिकल अंकोलोजिस्ट)

तपाईंले दैनिक प्रयोग गर्ने मोवाइलबाट हुने रेडियसनले क्यान्सर हुँदैन । मोवाइलफोनको रेडियसन र क्यान्सबीच केही सम्बन्ध छैन । समान्य अवस्थामा प्रयोग हुने मोवाइलले क्यान्सर हुँदैन । तर धेरै प्रयोग गर्दा अन्य असर भने पर्छ ।

गौमुत्र क्यान्सरको औषधि होइन । मैले लामो समय क्यान्सरका बिरामीको उपचार गरे । मैले गौमुत्र सेवन गरेर क्यान्सर निको भएको बिरामी अहिलेसम्म भेटेको छैन ।

क्यान्सरको उपचारमा नर्मल मेडिसिन बाहेक अन्य ३ प्रकारका विधि प्रयोग गरिन्छ । तर, क्यान्सरको उपचार जमराको जुसले ठिक हुन्छ भन्ने भ्रम मात्रै हो । यस्तै, मेडिटेसन र योगाले मात्रैपनि क्यान्सर ठिक हुँदैन । तर योगा र मेडिटेसनसँगै औषधि उपचार गर्दा भने फाइदा हुन्छ ।

डा भिनित तलवार (वरिष्ठ मेडिकल अंकोलोजिस्ट)

क्यान्सर ४ स्टेजका हुन्छ । स्टेज १ र २ मा क्यान्सर भएको भागमा मात्रै हुन्छ । स्टेज ३ र ४ मा शरीरका अन्यभागमा समेत क्यान्सर फैलिसकेको हुन्छ । सर्जरी वा रेडियोथेरापी क्यान्सरका विरामीको अवस्था अनुसार उपचार गरिन्छ । विशेषगरी स्टेज ४ का बिरामीको किमो थेरापी हुन्छ ।

ट्युमरको सर्जरी वा रेडियोथेरापी गर्दा बिरामीलाई असर पर्दैन । क्यान्सरको उपचार गर्दा उमेर हेर्नु हुँदैन । उसको अवस्था अनुसार उपचार गर्नुपर्छ । जेष्ठ नागरिकको क्यान्सरको उपचार गर्दा सुगर, प्रेसर र किड्नीमा पनि समस्या भएमा भने विचार गरेर उपचार गर्नुपर्छ ।

डा प्रकाशनिधि तिवारी (बाल क्यान्सर रोग विशेषज्ञ)

बालबालिकामा हुने क्यान्सर वयष्क व्यक्तिमा भन्दा केही फरक हुन सक्छ । शरीरमा हुने क्रोमोजोम तथा जीनमा चोट पुगेर वा समयमा यी कोषहरु नष्ट नहुँदा बालकालिकामा बढी क्यान्सरको सम्भावना रहन्छ । जिन तथा जिनहरुको समुहमा हुने गडबडीले क्यान्सर हुन्छ ।

बालबालिकामा रक्त क्यान्सर, व्रेन र हड्डीको क्यान्सर बढी हुन्छ । क्यान्सर सरुवा रोग होइन । समयमा उपचार गराएमा धेरै जस्तो बालबालिकाको क्यान्सर निको हुन्छ । अहिले ९५ प्रतिशत बालबालिकाको क्यान्सर निको भइरहेको छ । बालबालिकामा हुने क्यान्सर रोग समयमा पहिचान गरेर उपचार शुरु गर्दा निको हुन्छ ।

डा जया श्रेष्ठ (वरिष्ठ मेडिकल अंकोलोजिस्ट)

चाइना र जापानमा बिहानदेखि बेलुकासम्म तातो खानेकुरा खाने गरिन्छ । उहाँहरु अत्याधिक ग्रीन टि खानुहुन्छ ।

यसले अन्य फाइदा होला तर ग्रीन टि क्यान्सरले क्यान्सर रोग निवारणमा भूमिका भने लेख्दैन । दिनमा दुई दिन पटक खाँदा क्यान्सर नै त हुँदैन । तर तातो पेयपदार्थ धेरै खादा क्यान्सर हुने सम्भावना हुन्छ ।


डा विजेश राज घिमिरे (वरिष्ठ मेडिकल अंकोलोजिस्ट)

क्यान्सरको उपचार गर्न अस्पताल आएका कतिपय बिरामीहरु ‘डाइटिङ’मा बस्ने भन्नुहुन्छ । सबै खाद्यवस्तुको आ–आफ्नै गुण हुन्छ । नेपालीहरुको आर्थिक अवस्थाले धान्ने किसिम सिजनल फलफूल तथा तरकारी खानुपर्छ । ४ ग्राम भटमास दैनिक खाँदा क्यान्सर हुँदैन ।

क्यान्सरका बिरामीको सर्जरी वा बायप्सी गर्दा फैलिन्छ कि भनेर बिरामी बायप्सी तथा सर्जरी गर्न डराउनुहुन्छ । क्यान्सरका बिरामीले बायप्सी वा सर्जरी गर्दा रोग फैलिने सम्भावना सबैमा हुँदैन तर केही क्यान्सरमा भने फैलिने सम्भावना रहन्छ ।

डा राजिव देव (वरिष्ठ मेडिकल अंकोलोजिस्ट)

क्यान्सर भएका बिरामी धेरै व्यक्ति भएको ठाउँमा जाँदा संक्रमण हुने सम्भावना हुन्छ । तर सुरक्षाको लागि भन्दैमा घरभित्रै एक्लै बस्दा मनोरोग लाग्ने सम्भावना हुन्छ । त्यसैले आफू सुरक्षित भएर सामाजिक कार्य गर्न सकिन्छ ।

डा विषेश पौडेल (वरिष्ठ रक्तक्यान्सर विशेषज्ञ)

हामीकहाँ आउने रगतका क्यान्सरका बिरामीमा केही भ्रम रहेको छ । रगतको क्यान्सर सरुवा रोग हो भन्ने भ्रम समेत रहेको छ । यस्तै रक्त क्यान्सर अन्य व्यक्तिमा सर्न सक्छ भन्ने भ्रम पनि छ । त्यो भ्रममात्रै हो । रक्त क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्दैन । अर्को भ्रम जमराको जुसले क्यान्सर निको हुन्छ भन्ने रहेको छ ।

यो झनै ठूलो भ्रम हो । जमराको जुस खाएर रगतको क्यान्सर भएका बिरामीहरु पनि हामीसँग उपचार गराइरहेका छन् । किमो थेरापी गराइरहेका क्यान्सरका बिरामीमा जमराको जुसले झनै असर पुर्‍याएको पाइएको छ । जमराको जुस सेवन गर्दा छातीमा संक्रमण भएर आउने बिरामी पनि धेरै छन् ।

रक्त क्यान्सरको उपचार सम्भव छ । समयमा उपचार गर्दा निको हुन्छ । रक्त क्यान्सरको उपचार किमो थेरापी वा बोन म्यारोबाट गर्न सकिन्छ । रगतको क्यान्सर हुँदैमा आत्तिनु पर्दैन ।

कविता महर्जन (डाइटिसियन)

अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामी डाइटमा बस्ने भन्नुहुन्छ । सबै खाद्यवस्तुको आआफ्नै गुण हुन्छ । रोग निको पार्ने निहुँमा डाइटिङमा बस्नु झन खतरा हो । बिरामीहरुले बेसिजनका भन्दा सिजनल फलफूल खानु स्वास्थ्यका लागि उत्तम हुन्छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : २२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको