ठगी आरोपमा दुई पाकिस्तानी नागरिक पक्राउ « Khabarhub

ठगी आरोपमा दुई पाकिस्तानी नागरिक पक्राउ


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विभिन्न अपराधमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरको दरवार स्क्वायरस्थित स्वीट होमबाट पाकिस्तानको इस्लामाबाद बस्ने ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खानलाई शुक्रबार पक्राउ गरेको हो ।

ललितपुर निवासी राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको काठमाडौँ महानगरपालिका–२३ झोँछेस्थित डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर नौ सय, साउदी रियाल तीन हजार र चिनियाँ युआन एक हजार ४०० चोरी गरेर फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।

उनीहरुले उक्त मनि एक्सचेन्जमा ५०० साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना गरी भ्रममा पारी उक्त विदेशी मुद्रा चोरी गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि उनीहरुले गत वैशाख २९ गते सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आर।के।

इलेक्ट्रिक एण्ड इलेक्ट्रनोनिक्स सेन्टरबाट रु ३० हजार, लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट रु ७० हजार र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राइजिङ स्पोर्टस् ग्यालरीबाट रु एक लाख ५० हजार चोरी गरेको घटनामा गत वैशाख ३१ गते पक्राउ परी जनही रु ५०–५० हजार धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : ५० बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक