ठगी आरोपमा दुई पाकिस्तानी नागरिक पक्राउ « Khabarhub

ठगी आरोपमा दुई पाकिस्तानी नागरिक पक्राउ


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विभिन्न अपराधमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरको दरवार स्क्वायरस्थित स्वीट होमबाट पाकिस्तानको इस्लामाबाद बस्ने ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खानलाई शुक्रबार पक्राउ गरेको हो ।

ललितपुर निवासी राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको काठमाडौँ महानगरपालिका–२३ झोँछेस्थित डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर नौ सय, साउदी रियाल तीन हजार र चिनियाँ युआन एक हजार ४०० चोरी गरेर फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।

उनीहरुले उक्त मनि एक्सचेन्जमा ५०० साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना गरी भ्रममा पारी उक्त विदेशी मुद्रा चोरी गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि उनीहरुले गत वैशाख २९ गते सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आर।के।

इलेक्ट्रिक एण्ड इलेक्ट्रनोनिक्स सेन्टरबाट रु ३० हजार, लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट रु ७० हजार र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राइजिङ स्पोर्टस् ग्यालरीबाट रु एक लाख ५० हजार चोरी गरेको घटनामा गत वैशाख ३१ गते पक्राउ परी जनही रु ५०–५० हजार धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ७ : ५० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको