‘भवदेव पन्त प्रतिभा पुरस्कार’ ८ जनालाई « Khabarhub

‘भवदेव पन्त प्रतिभा पुरस्कार’ ८ जनालाई


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भवदेव पन्त स्मृति प्रतिष्ठानले विभिन्न स्रष्टा र विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

राजधानीमा आज आयोजित समारोहमा सुशील खनाल, सन्तोष गुप्ता, रामहरि पाण्डे, रामनाथ न्यौपाने, यादव लामिछाने, विवेक खरेल, वेञ्जु सिटौला र स्वीकृति लामालाई सम्मानित गरिएको हो । संस्थाका संस्थापक सदस्य पुरुषोत्तमराज जोशीले उनीहरुलाई कदरपत्रसहित सम्मानित गरे। पुरस्कारको राशि जनही १५ हजार रहेको छ ।

संस्थाका अध्यक्ष एवं वरिष्ठ साहित्यकार नित्यराज पाण्डेको निधनका कारण ‘भवदेव पन्त प्राज्ञिक पुरस्कार’को भने यस वर्ष निर्णय नगरिएको प्रतिष्ठानले जनाएको छ ।

सो अवसरमा युद्ध छोडी शान्ति अँगालौं शीर्षकमा कविता वाचन महोत्सव आयोजना गरिएको थियो । साहित्यकारहरु वेञ्जु शर्मा, मणि लोहनी, सन्ध्या पहाडी, कमला रिसाल, मञ्जु काचुलीे, रेजीना पाण्डे, सान्भी सिंहलगायतले आ–आफ्नो कविता वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन साहित्यकार राजेन्द्र सलभले गरेका थियो । शङ्करदेव क्याम्पसबाट वाणिज्य सङ्कायतर्फ स्नातकोत्तर तहमा प्रथम हुने विद्यार्थीलाई प्रतिष्ठानले २०५७ सालदेखि प्रत्येक वर्ष ‘भवदेव पन्त प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको प्रतिष्ठानका सचिव विजयदेव पन्तले जानकारी दिए।

कवि एवम लेखक भवदेव पन्तको नाममा ‘भवदेव पन्त स्मृति प्रतिष्ठान’ गठन गरिएको हो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : २५ बजे

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत