लिभरपुललाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि « Khabarhub

लिभरपुललाई हराउँदै सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्चेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

लण्डनको वेम्ली रंगशालामा भएको खेलमा लिभरपुललाई पेनाल्टिमा पराजित गर्दै सिटीले सिल्ड जितेको हो । लिभरपुललाई पेनाल्टीमा ५–४ ले हराउँदै सिटीले सिजनको चौथो उपाधि जितेको हो ।

जर्जिनियो विजनाल्डमको पेनाल्टी प्रहार सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले रोक्नु भन्दा पहिला ग्राविलय जिससले विजयी गोल गरेका थिए ।

निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलको शुरुवाती १२औं मिनेटमा नै रहिम स्टर्लिङले गोल गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७७ औं मिनेटमा लिभरपुलका लागि जोलद माटिपले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

यसअघि सिटीले प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ०० बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित