भारतमा तनाव– प्रभावशाली नेताहरु नजबन्दमा, सतर्कता बढाउँदै पाकिस्तान « Khabarhub

भारतमा तनाव– प्रभावशाली नेताहरु नजबन्दमा, सतर्कता बढाउँदै पाकिस्तान


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित कश्मीरमा तनाव बढेको छ । उक्त क्षेत्रका कयौं नेता र पूर्व मुख्यमन्त्रीलाई समेत सोमबार विहानै देखि नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो ।

नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री अमर उब्दुल्ला तथा महबूबा मुफ्तीलवाई आफ्नो घरबाट बाहिर निस्कने अनुमति दिएको छैन । महबूबा मुफ्ती र अमर अब्दुल्लाले राति अबेर ट्वीट गरेर आफूहरुलाई नजबन्द गरिएको जनाएका थिए ।

यसका साथै कश्मीरमा मोबाइल र इन्टरनेट पनि अस्थायी रुपमा बन्द गरिएको छ ।  अधिकारीहरुका अनुसार प्रहरी अधिकारी र जिल्ला अधिकारीलाई स्याटालाइट फोन उपलव्ध गराइएको छ ।

यसका अलावा श्रीनगरमा सोमबार राति देखि संविधानको धारा १४४ लागू गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसबीचमा कुनै पनि र्याली र सार्वजनिक सभाको अनुमति हुने छैन भने विद्यालय पनि बन्द रहने छन् ।

कारण

भारत नियन्त्रित कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको हिन्दू धर्मावलम्बीहरुको धार्मिक क्षेत्र अमरनाथ यात्राको समय अहिले हो ।

उक्त तीर्थ यात्राका क्रममा लाखौं मानिस अमरनाथ पुग्ने गरेका छन् । ४५ दिन लामो तिर्थ यात्रामा निस्किएका हिन्दू तीर्थयात्रीमाथि आतंककारी आक्रमणको खतरा रहेको सूचना भारतीय अधिकारीहरुले जारी गरेसँगै हजारौं संख्यामा तीर्थयात्रीले कश्मीर छाडेका छन् ।

पाकिस्तानद्वारा संरक्षित आतंकवादीहरुले वर्षको एकपटक मात्र जानसकिने अमरनाथतिर गइरहेका तीर्थयात्रीलाई आक्रमण गर्ने योजना बनाएको दाबी भारतीय अधिकारीहरुले गरेसँगै काश्मीरमा तनावको स्थिति सिर्जना भएको हो ।

भारत प्रशासित कश्मीरमा तनाव जारी भएपछि पाकिस्तान सरकार चिन्तित देखिएको छ । त्यसक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए । बैठक पछि प्रधानमन्त्री खानले भारतको आक्रामक रवैयाले उक्त क्षेत्रमा संकट उत्पन्न हुनसक्ने बताएका थिए ।

उनले भने‘कश्मीरको शान्तिपूर्ण र न्यायपूर्ण समाधान नै दक्षिण एशियामा शान्ति र सुरक्षाको बाटो हो ।’

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर समस्याबारे छलफल गर्न केही बेरमा मन्त्रिमण्डलको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : २६ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज