१ वर्षमा ७० उद्योगको दर्ता खारेज « Khabarhub

१ वर्षमा ७० उद्योगको दर्ता खारेज


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी– घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगको दर्ता खारेजी गरेको छ । कार्यालयले  आर्थिक वर्ष २०७५/०७६ मा ७० वटा घरेलु तथा साना उद्योग खारेज गरेको हो ।

खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग छन् । कार्यालयले जनाएअनुसार गत आवमा २६ पर्यटन उद्योग खारेज भएका छन् भने २३ सेवामूलक, ११ उत्पादमूलक, १० कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ । तर, अहिले खारेज भएका उद्योग उद्योगी स्वयंको आग्रहमा खारेज गरिएको कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए ।

कार्यालयका अनुसार गत एक वर्षको अवधिमा जिल्लामा १ हजार ७५ लघु तथा साना उद्योग पनि थपिएका छन् । कच्चा पदार्थ उपलब्ध हुने भएकाले ती उद्योगतर्फ लगानीकर्ता आकर्षित देखिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय औद्योगिक वातावरण बन्दै जानुका साथै सानो पूँजीबाट राम्रो आम्दानी हुने गरेपछि जिल्लामा साना उद्योगको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए ।

विशेषगरी लगानीको वातावरण जिल्लामा राम्रो रहेको र विदेशबाट फर्किने धेरैले साना उद्योगमा लगानी गर्न थालेका छन् । थोरै लगानीबाट आम्दानी पनि राम्रै हुने भएकाले यसतर्फ आकर्षण बढेको देखिन्छ ।

भुसालका अनुसार हाल जिल्लामा १०७ लघु उद्योग र छ हजार ६११ साना उद्योगसहित कूल छ हजार ६४८ साना उद्योग सञ्चालनमा छन् । गत आवमा दर्ता भएका उद्योगमा चार हजार ५८२ ले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ११ : ०२ बजे

विश्वकप सुपर-८ : जित्नै पर्ने दबाबपूर्ण खेलमा आज श्रीलंका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बुधबार सहआयोजक श्रीलंका

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड

काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन