४ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ « Khabarhub

४ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित १ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ड्रागन एयरको फ्लाइट नम्बर के–१०४ मार्फत हङकङबाट नेपाल आएका एक चिनियाँ नागरिकको साथबाट ४ किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख (सहसचिव) गजेन्द्र कुमार ठाकुरले खबरहबलाई जानकारी दिए ।

सुनसहित पक्राउ पर्ने चिनियाँ नागरिक २३ वर्षी ली लिङ छी छन् ।

उनले कपडाको बेल्ट (पेटी) बनाएर त्यसमा ४ ओटा सुनको बिस्कुट लगेजमा लुकाएर ल्याएका थिए ।

लेजग जाँचका क्रममा शंकास्पद लागेपछि खोलेर हेर्दा सुन देखिएको ठाकुरले जानकारी दिए । आइतबार राति १० बजे नै सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिए पनि सोमबार बिहान ल्याब परीक्षण पछि मात्रै बरामद भएको वस्तु सुन हो भन्ने पुष्टि भएको ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ११ : ३७ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका