४ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ « Khabarhub

४ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित १ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ड्रागन एयरको फ्लाइट नम्बर के–१०४ मार्फत हङकङबाट नेपाल आएका एक चिनियाँ नागरिकको साथबाट ४ किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख (सहसचिव) गजेन्द्र कुमार ठाकुरले खबरहबलाई जानकारी दिए ।

सुनसहित पक्राउ पर्ने चिनियाँ नागरिक २३ वर्षी ली लिङ छी छन् ।

उनले कपडाको बेल्ट (पेटी) बनाएर त्यसमा ४ ओटा सुनको बिस्कुट लगेजमा लुकाएर ल्याएका थिए ।

लेजग जाँचका क्रममा शंकास्पद लागेपछि खोलेर हेर्दा सुन देखिएको ठाकुरले जानकारी दिए । आइतबार राति १० बजे नै सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिए पनि सोमबार बिहान ल्याब परीक्षण पछि मात्रै बरामद भएको वस्तु सुन हो भन्ने पुष्टि भएको ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ११ : ३७ बजे

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले