नापी कार्यालयका सुब्बा र खरिदार ८ हजार घुससहित पक्राउ « Khabarhub

नापी कार्यालयका सुब्बा र खरिदार ८ हजार घुससहित पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरस्थित मालपोत कार्यालयका नायव सुब्बा र खरिदार ८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका सेवाग्राहीको जमिनको हराएको लालपूर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउन जग्गा नाप जाँच गरिदिएको वापत ८ हजार घुस लिँदा लिँदै नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नर राज पाण्डे पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर (महेन्द्रनगर)स्थित कार्यालयबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

दुवै जनालाई लम्की चुहा नगरपालिका–३ व्यवस्थित नगरबाट आइतबार नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०५ बजे

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध