कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज « Khabarhub

कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ३७० खारेज गर्ने भएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले तल्लो सदन लोकसभामा सम्बोधन गर्दै धारा ३७० खारेज गरिने घोषणा गरेका हुन् । धारा ३७० कै आधारमा कश्मीर भारतमा विलय भएकाले संविधानको यही धाराका आधारमा कश्मीरलाई अरु राज्यको भन्दा अधिक स्वायत्तता रहँदै आएको छ ।

तर, सरकारको यो घोषणालाई लिएर विपक्षीहरुले भने चर्को विरोध गरेका छन् । सरकारको यही घोषणाका कारण कश्मीरमा हिंसा मच्चिनसक्ने अनुमान गरिएको छ ।

सरकारले गएरातिबाट कश्मीरका अधिकांश स्थानमा टेलिफोन, मोबाइल सेवा इन्टरनेट, टेलिभिजन, सामाजिक सञ्जाल र अन्य किसिमका सूचना र सञ्चारका क्षेत्र पूर्ण रुपमा बन्देज गरेको समाचार सार्वजनिक भएको थियो ।

यससँगै भारत सरकारको पछिल्लो घोषणा हुनुअघि प्रभावशाली कश्मीरका राजनीतिक दलका नेताहरुलाई नजरबन्दमा राखिएको समाचार आएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : २६ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली