जब ‘मेरो एउटा साथी छ’ का कलाकारको संयोगवश भेट भयो (फोटो फिचर) « Khabarhub

जब ‘मेरो एउटा साथी छ’ का कलाकारको संयोगवश भेट भयो (फोटो फिचर)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – दश वर्षअघि प्रदर्शन भएको ‘मेरो एउटा साथी छ’ को अहिले पनि उत्तिकै चर्चा हुने गर्छ । एक कोरियन फिल्मको कथालाई तोडमोड पारेर निर्माण गरिएको यो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको शीर्ष भूमिका थियो । फिल्ममा सर्पोटिङ कलाकारका रुपमा दयाहाङ राई थिए । धेरैले उनलाई नोटिस पनि गरेनन् त्यतिबेला ।

समीक्षकले भने उतिबेलै लेखिदिएका थिए, सपोर्टिङ भूमिका निभाएका दयाहाङ राईले राम्रो अभिनय गरेका छन् ।

झण्डै दश वर्षपछि ‘मेरो एउटा साथी छ’ का यी तीन पात्र राजधानीको एक रेष्टुरेन्टमा संयोगवश भेट भए । रमाइलो कुरा त के छ भने यी तीनै जना आफ्ना फिल्मको प्रचारका क्रममा भेट भएका थिए । नायिका नम्रता श्रेष्ठ चलचित्र ‘जाइरा’ मार्फत दर्शकमाझ आउँदैछिन् ।

यता आर्यन सिग्देल ‘हजार जुनीसम्म’ लिएर आउँदैछन् भने दयाहाङ राई चलचित्र ‘कबड्डी ३’ मार्फत दर्शकमाझ हाजिर हुँदैछन् ।

‘फ्रेन्डशीप डे’ का दिन संयोगवश भेट भएका आर्यन, नम्रता र दयाहाङले एकआपसमा खुशी साटे । यो संयोगले तीनैजनालाई खुशी तुल्याएको थियो । दयाहाङ राई भन्दै थिए, ‘नम्रतासँग त कहिलेकाहीँ भेट हुन्थ्यो तर आर्यनसँग भेट नभएको धेरै भएको थियो, आज संयोगवश भेट भयो  त्यो पनि फ्रेण्डशीप डेको दिन ।’

संयोगवशको भेटमा तीनैले एकआपसका तस्वीर खिचेका थिए ।

तस्वीरहरू: अदिप श्रेष्ठ

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको