अविरल वर्षासँगको बाढीका कारण काभ्रेका २ सय ६४ घर पूर्णरूपमा क्षतिग्रस्त | Khabarhub Khabarhub

अविरल वर्षासँगको बाढीका कारण काभ्रेका २ सय ६४ घर पूर्णरूपमा क्षतिग्रस्त


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– अविरल वर्षासँगैको बाढी र पहिरोका कारण काभ्रेमा २ सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै ८ सय ५० मिटर पक्की सडक क्षति भएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै भौतिक क्षतिको विवरण पेश गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

अविरल वर्षाका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय तहहरुलाई पत्राचार गरेको साढे दुई हप्ता बितिसकेको भएपनि अझै यथार्थ विवरण भने नबुझाएको प्रमुख जिल्ला अधिकारी मगरले बताए । ‘अझै पनि केही स्थानीय तहबाहेक अझैसम्म पनि विवरण प्राप्त भएको छैन,’ उनले भने, ‘हामीले त्यसरी पत्राचार गर्दासमेत विवरण नबुझाएपछि जिल्ला समन्वय समितिमार्फत सो विवरण सङ्कलन गर्न अनुरोध गरेका छौँ ।’

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो अवस्थामा सङ्कलन गरेको विवरणमा अविरल वर्षाका कारण जिल्लामा बनेपा नगरपालिकामा २ र रोशी गाउँपालिकामा १ गरी ३ जनाको मृत्यु भएको र २ घाइते भएका उल्लेख छ । त्यस्तै घर पूर्ण क्षति भएको मध्ये सबैभन्दा बढी महाभारत गाउँपालिकामा ४७, खानीखोला गाउँपालिकामा ४३ र सबैभन्दा कम धुलिखेल नगरपालिकामा एक घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै तेमाल गाउँपालिकामा ४१, रोशी गाउँपालिकामा ३०, पनौती नगरपालिकामा ३०, बेथानचोक गाउँपालिकामा २८, चौरीदेउराली गाउँपालिकामा ११ र नमोबुद्ध नगरपालिकामा १० घर पूर्णरूपमा क्षति भएको छ ।

त्यस्तै, जिल्लाभरिमा १ हजार २ सय ४१ वटा घर आंशिक क्षति भएको विवरणमा उल्लेख छ । सबैभन्दा बढी रोशी गाउँपालिकामा ५ सय घर, नमोबुद्ध नगरपालिकामा १ सय ५० घर, चौरीदेउराली गाउँपालिकामा १ सय घर, बनेपा नगरपालिकामा १ सय ३० घर र महाभारत गाउँपालिकामा ९५ घरमा आंशिकरूपमा क्षति भएको छ । सबैभन्दा कम भूम्लु गाउँपालिकामा ५ घरमा आंशिक क्षति भएको छ ।

त्यस्तै, जिल्लाभरिमा १ सय ८२ वटा गोठ पूर्णरूपमा क्षति भएको छ भने २ सय ६२ वटा गोठ आंशिक क्षति भएको छ । सार्वजनिक संरचना (विद्यालय, स्वास्थ्य चौकी, सरकारी भवन) गरी ९४ वटा भवनमा क्षति पुगेको जनाइएको छ ।

सडक सञ्जालमा विभिन्न स्थानीय तहका गरी ८ सय ५० मिटर पक्की सडक क्षति भएको छ । रोशी गाउँपालिकाको विपी राजमार्गका विभिन्न स्थानमा गरी दुई सय ६० मिटर, धुलिखेल नगरपालिकामा पाँच सय २० मिटर, बनेपा नगरपालिकामा ३७ मिटर, पनौती नगरपालिकामा २० मिटर र पाँचखाल नगरपालिकामा १३ मिटर सडक बाढी पहिरोका कारण क्षति भएको जनाइएको छ ।

त्यस्तै, कच्ची सडकतर्फ तेमाल गाउँपालिकामा ७ किलोमिटर, महाभारत गाउँपालिकामा ४ किलोमिटर, नमोबुद्ध नगरपालिकामा ५ किलोमिटर र खानीखोला गाउँपालिकामा २ किलोमिटर सडक क्षति भएको छ । अन्य गाउँपालिका र नगरपालिकाहरूमा गरी कुल ४३ किलोमिटर कच्ची सडक क्षति भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।

वर्षाका कारण जिल्लामा ४१ वटा पशु चौपायको मृत्यु हुनका साथै १ सय ६ वटा पशु चौपाया घाइते भएका समितिले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : १६ बजे

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई