संसद सुचारु गर्न दलहरु सहमत, ७ सदस्यीय विशेष समिति गठन « Khabarhub

संसद सुचारु गर्न दलहरु सहमत, ७ सदस्यीय विशेष समिति गठन


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  लगातारजसो अवरुद्ध भइरहेको संसद वैक सुचारु गर्न दलहरु सहमत भएका छन् ।

सोमबार सभामुख कृष्णबहादुर महरासँगको सर्वदलीय छलफलमा दलहरु संसदको जारी गतिरोध अन्त्य गरि संसदलाई प्रभावकारी बनाउन सहमत भएका हुन् ।

फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने विषयमा पनि दलहरुबीच सहमित जुटेको छ ।

विशेष समितिको संयोजक पूर्वसभामुख एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् ।

समितिका अन्य सदस्यहरुमा नेकपाबाट देव गुरूङ र विन्दा पाण्डे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र मिनेन्द्र प्रसाद रिजाल, राष्ट्रिय जनता पार्टी
(राजपा)बाट लक्ष्मणलाल कर्ण र समाजवादी पार्टी नेपालबाट उमाशंकर अरगरिया छन् ।

यो समितिले संसदमा फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि अध्ययन गर्ने छ । समितिले ३० दिनभित्र सदनसमक्ष आफ्नो प्रतिवेदन बुझाउने जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : २३ बजे

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो