रुकुम पश्चिममा ठूलीभेरी नदीले बगायो ३ घर « Khabarhub

रुकुम पश्चिममा ठूलीभेरी नदीले बगायो ३ घर


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुसिकोट– रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले ३ घर बगाएको छ । नगरपालिकाको वडा नम्बर ६ मनकाबगरमा ठूलीभेरी नदीले ३ घर बगाएको हो ।

स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ ।

त्यस्तै, अन्य ८ घर ठूलीभेरी नदीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । जोखिममा परेका घर एक हप्ता अगाडि नै प्रहरी र स्थानीयको सक्रियतामा खाली गरिएका कारण अन्य क्षति भने हुन नपाएको उनको भनाइ छ ।

जोखिममा रहेका आठ घर पनि खाली गरिएको छ । घर बगेका तथा घर जोखिममा परेका स्थानीय अन्यत्र शरण लिएर बसिरहेको उनले बताए । लगातारको वर्षाका कारण नदीको प्रवाह बढेकाले नदीले कटान शुरु गरेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ३४ बजे

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो